बुटवल मगर महिलाको कार्यक्रम

Read Time:1 Minute, 35 Second


नेपाल मगर महिला संघ बुटवलनगर समितिको आयोजनामा मगर खाना महोत्सव तथा सांस्कृतिक साँझ सम्पन्न भएको छ । मगरहरुको महान चाड माघे संक्रान्तिको अवसरमा नयाँ पिढीलाई मगरहरुको खाना संस्कार संस्कृति र संरक्षण गर्ने उद्देश्यले माघ ६ गते बुटवलमा कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल मगर संघ बुटवल नगरसमितिका अध्यक्ष ओमी पुनको अध्यक्षता र केन्द्रीय अध्यक्ष गंगा खासुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मिस मगर लुम्विनी २०१२ का विजेता आशा थापा, फष्ट रनरअप राधा श्रीस र सेकेण्ड रनरअफ नमिता थापालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

तस्विर: गोविन्द घर्ति

त्यस्तै नेपाल मगर संघ बुटवल नगर समितिलाई साचारमाध्यमबाट योगदान गर्नु हुने पत्रकारद्वय  यम राना र टेकबहादुर मास्की रानालाई कदर पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मगरहरुको संस्कृतिलाई संरक्षण गरेबापत रुपन्देहीको देवदह ३ सरनवारीका मगर संस्कृति संरक्षण समितिलाई पनि कदरपत्रले सम्मान गरिएको थियो ।

गोविन्द घर्ति\रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %