जनमुक्तिद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Read Time:2 Minute, 9 Second

राष्ट्रिय जनमुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भैरहवामा माघ ६ गते बसेको संघीय परिषदको बैठकले यस्तो निर्णय गरेको हो । जनतालाई राहत दिन्छु भन्दै महँगी बढाएपछि आफूहरुले समर्थन फिर्ता लिएको सो पार्टीका महासचिव केशव सूर्यवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा   पेट्रोलियम पदार्थको मुल्य तत्काल खारेज गर्न माग गरिएको छ ।

जनमुक्तिले डा। वावुराम भटट्टराई नेतृत्वको सरकार सवै हिसावले असफल भएको निश्कर्ष निकालेको छ । सरकारद्धारा विघटन गरिएको स्थानीय निकायको संयन्त्र यथावत हुनुपर्ने माग समेत गरिएको छ ।

स्थायी समिति र संघीय परिषदमा थपिनेहरु

त्यसै गरी बैठकले रामबहादुर तुम्फाहाम्फे र रामु परियारलाई  पार्टीको स्थायी समिति सदस्यमा चयन गरको छ । त्यस्तै  १५ जनालाई संघीय परिषद सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा भीमबहादुर राना, रुद्रबहादुर गुरुङ्ग, हस्तबहादुर थापा, सानुवावु लामा, लेखप्रसाद गुरुङ्ग, चन्द्र खापुङ्ग, धनध्वज लिम्वु, चेतबहादुर आले, प्रताप नाछिरिङ्ग, तेज तारामी, मोहन िसंह सारु, रामचन्द्र थापा, दिलबहादुर सुनार, टीकाराम शर्मा र पदमबहादुर गुरुङ्गलाई संघीय परिषद सदस्यमा मनोनित गरेको महासचिव केशव सूर्यवंशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गोविन्द घर्ति\रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %