प्रधानमन्त्री भट्टराईसँग तामाङ्ग समुदायले के के माग राखे

Read Time:1 Minute, 51 Second

प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग डुक ल्होछार २८४८ वृहत् मूल संयोजन समितिले चार बुँदे माग राखेका छन् । प्रधानमन्त्रीलाई सिँहदरबारमा भेटेर माघ ६ गते उनीहरुले विभिन्न माग प्रस्तुत गरेका हुन । तामाङ्ग समुदायले रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट प्रसारण भइराखेको तामाङ भाषाको कार्यक्रमलाई केन्द्रीय प्रसारणबाट प्रसारण गर्न माग राहेका छन् ।

उनीले तामाङ संवत्लाई राष्ट्रिय मान्यता दिइनुपर्ने, राष्ट्रिय सांस्कृतिक नीति बनाइनुपर्ने र विसं २०६६ चैत ताम्सालिङ सङ्घर्ष समिति र सरकारबीच भएको १९ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका हुन । चार बुँदे माग लिएर आएका तामाङ्ग नेताहरुलाई प्रधानमन्त्री भट्टराईले सरकारले सबै भाषाभाषीको प्रचलनमा रहॆका संवत्का बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको स्मरण गराए ।

यसैवीच तामाङ समुदायको धार्मिक एवम् सांस्कृतिक पर्व डुक ल्होछार २८४८ विविध कार्यक्रम आयोजना गरी यही माघ १० गतॆ हर्षाेल्लासका साथ मनाउने भएका छन् । यसका लागि ११७ वटा तामाङ सङ्घसंस्थाको सहभागितामा नेपाल तामाङ घेदुङको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %