तामाङ्ग समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा काठमाडौंमा तीन दिने कार्यक्रम आयोजना गरिने भएको छ । २८४८ औं सोनाम डुक ल्होछारको अवसरमा माघ ९, १० र ११ गते कार्यक्रम आयाजना गरिएको मूल तयारी समारोह समितिका संयोजक कुमार योन्जन तामाङ्गले जानकारी दिए ।
ल्होछार कार्यक्रम सम्बन्धी सम्पूर्ण तयारी पुरा भईसकेको तामाङ्गले माघ ६ गते जानकारी दिए । ल्होछार भव्यतापूर्वक सम्पन्न गर्न तामाङ तथा गैर तामाङ समुदायमा संयोजक तामाङ्गको आग्रह छ ।
