मगर विद्यार्थीको महाधिवेशन तयारी तीव्र

Read Time:1 Minute, 2 Second

तनहुँमा हुन गईरहेको नेपाल मगर विद्यार्थी सँघको  महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ १३, १४ र १५ गते हुन लागेको महाधिवेशन सम्बन्धी तयारी लगभग पुरा भईसकेको आयोजकले  राज्यसत्ता डटकमलाई जानकारी दिएको छ ।

विद्यार्थीहरुको सातौं महाधिवेशनमा देशभरीबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुले सहभागिता जनाउने भएका छन् । पुस १५ र १६ गते बसेको संघको वैठकले बागमतीबाट  ५०, गण्डकीबाट  २८, राप्तीबाट ४५, भेरीबाट ३०, नारायणीबाट ४२, लुम्बीनिबाट ४८, जनकपुरबाट ४८, धौलागिरीबाट ४०, कर्णालीबाट ५, सेतीबाट १५, महाकालीबाट ७, मेची, कोशी र सगरमाथाबाट ४५ प्रतिनिधिले भाग लिन पाउने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %