‘आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता अभ्यास’बारे तीन दिने अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको माघ ५ गते सुनसरीको धरानमा आदिवासी जनजाति सभासदसभा ककसका संयोजक पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन ।
उदघाटन कार्यक्रममा बोल्दै गुरुङ्ग आदिवासी जनजाति समुदायका सबै सभासदहरु एकजुट हुन सके जनजातिको अधिकार संविधानमा लिपिबद्ध गर्न सकिने धारणा राखे । ६०१ मध्ये २१८ जना जनजाति सभासदको एक स्वर हुन सके अरुले चाहेर पनि संविधान लेख्न नसक्ने उनको भनाई थियो ।
सम्मेलनमा आत्मनिर्णयको अधिकार र स्वायत्तता अभ्यासबारे नेपालीका १७ तथा विदेशीका १५ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा पूर्वी नेपालका नौ जिल्लामा रहेका करिब ४० जातीय संघसंस्थाले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
