आदिवासी जनजाति गैरसरकारी संस्था महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ । राजधानीमा माघ ४ गते शुरु महाधिवेशनको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले उदघाटन गरे ।
उदघाटन कार्यक्रममा बोल्दै लेखीले संविधानमा आदिवासी जनजातिका पहिचान र मुद्दालाई समेट्नका लागि सम्पूर्ण आदिवासी जनजातिहरु एक हुनु पर्ने धारणा राखे । कार्यक्रमा नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योाजनले आदिवासी जनजाति एकजुट हुन नसकेका कारण पछाडि परेका भन्दै संविधानमा जनजातिका मुद्दालाई समेट्न देशभरका आदिवासीलाई मिलेर अघि बढ्न आग्रह गरे ।
महासङ्घका अध्यक्ष भवानी लाहोरुङले आदिवासी जनजाति महासङ्घले धेरै भन्दा धेरै जातिलाई सूचिकृत गर्नुपर्ने जिकिर गरे ।
