नेपालीलाई जागिर खान भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्नका लागि बेलायतले आफ्नो सेनामा भर्ना लिने गरेको जगजाहेर छ । पछिल्लो पटक ४०० गोर्खालीलाई नेपाल पठाउने निर्णयले बेलायतको स्वार्थी अनुहार पुन उदाङ्गिएको छ । विश्व युद्धताका संसार थर्काएका बहादुर नेपालीहरु यतिबेला बेलायतका लागि ‘युजलेस’ हुनुको मुख्य कारण लडाई नहुनु हो ।
अर्को कारण मेन भसे्रस मेनबाट लडाई मेन भसे्रस टेक्नोलोजी हुनु हो । हजारौं सामान्य सेना भन्दा एक जना अत्याधुनिक हतियार र सूचना प्रविधिले सुसज्जित सेना रणभूमिमा बलवान सावित हुन्छ भन्ने मान्यताले गर्दा गोर्खालीहरुलाई बेलायतले जागिरबाट निकाल्न थालेको हो । कतिपयले पूर्व गोर्खाहरुको आन्दोलनलाई पनि सैन्य कटौतीको कारक मानेका छन् ।
माघ ३ गते नेपालस्थित बेलायती दूतावासले जनाए अनुसार बेलायती सेनामा हाल कार्यरत २९०० मध्येबाट ४०० सेनजा कटौती गर्न लागिएको हो । बेलायती रक्षा मन्त्रालयको रक्षा खर्च कटौती नीतिअनुरुप नै सन् २००७ देखि बि्रगेड अफ गुर्खाजबाट सैनिक कटौती थालिएको थियो ।
युज एण्ड थ्रो गर् यो भनेर हुन सक्ने संभावित विरोधबाट बच्न पदमुक्त हुने सैनिकका लागि पुनस्र्थापना कार्यक्रम साचालन गरिने आश्वासन दिएको छ । गोर्खालीहरु अब बेलायती सेनामा भर्ती हुन पर्छ की पर्दैन भन्ने विषयमा बहस हुन सक्ला तर लडाईको बेलामा प्रयोग गरेका नेपालीलाई मनलागी तरिकाले घर पठाउनु भने न्यायसँगत हुँदै होइन ।
