बडहीलाई पिछडावर्गमा राख्न माग

Read Time:1 Minute, 18 Second

नेपाल बडही समाजले बडही समुदायलाई अति पिछडावर्गका रुपमा सूचीकृत गर्न माग गरेको छ । समाजले राजधानीमा माघ ३ गते आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो ।

समाजका अध्यक्ष हरेराम ठाकुरले बडही समुदायको सामाजिक र पेसागत सुरक्षाको सुनिश्चितताका लागि सो समुदायलाई अति पिछडावर्गमा सूचीकृत गर्नुपर्ने बताए । प्रजातान्त्रिक इन्जिनियर सङ्घका पूर्वउपसभापति ई सकलदेव सुतिहारले मुलुकका विभिन्न जिल्लामा रहेका सम्पूर्ण जातिलाई राज्यले पहिचान कायम गरेको अवस्थामा समाजका लामो समयदेखि अति पिछडिएर जीवनयापन गरिरहेका बडही समुदायलाई अहिलेसम्म सूचीकृत नगरिएकामा खेद प्रकट गरे ।

ठाकुर, सुतिहार, चमार, शर्मा, बड आदि सबै बडही समाजमा पर्ने उनीहरुको भनाई छ  ।  काष्ठकला पुख्र्यौली पेशा भएका बडहीहरु विभिन्न ५४ जिल्लामा बसोबास गर्दै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %