पबित्र धार्मिक स्थल रुरु क्षेत्र रिडीमा माघ १ गतेदेखि तीन दिने माघे संक्रान्ति मेला शुरु भएको छ । पाल्पा गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल कालिगण्डकीमा स्नान गर्न र ऋषिकेशव देबताको दर्शन गर्न भक्तजनहरुको विहानैदेखि रिडीमा भिड लागेको छ ।
कालीगण्डकीमा स्नान गरी ऋषिकेशव देबताको दर्शन गरेमा मानिसले गरेका सम्पुर्ण पाप नास हुने जन बिश्वास छ । रुरु क्षेत्रमा परापुर्बकाल देखी नै माघ १ देखि ३ सम्म जेठी माईली र कान्छी सक्रान्तीको रुपमा मेला लाग्ने गर्दछ । चार धाम मध्यको एक रुरुमा कालिगण्डकीमा स्नान र ऋषिकेशवको दर्शनको लागी गुल्मी पाल्पा स्याङजा अर्घाखाँची प्यूठान रुपन्देही पर्वत वाग्लुङ्ग र सिमावर्ती भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।
बराह पुराणका अनुसार भगवान इन्द्रले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भंग गर्न पठाएकी अप्साराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो र पुनः उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको किम्बदन्ती रहेको पाईन्छ ।
विदुसी यशोदा देवीका अनुसार यो स्थान भारतको बनारससँग तुलना गरिने धार्मिक क्षेत्र हो । यस क्षेत्रमा पतृमोक्षका लागि अन्तिमसस्कार श्राद्ध जस्ता कार्यका अतिरिक्त विवाह व्रतबन्द जस्ता कार्य पनि हुने गर्दछ ।
देब पचभैया, पाल्पा
