‘नेपाली सेनामा मगर’ विषयक बहस हुँदै

Read Time:59 Second

नेपाली सेनामा मगरको अवस्था के छ इतिहासमा मगरको सैनिक योगदान के रह्यो भन्ने जिज्ञासा केही हप्तापछि मेटिने भएको छ । यस्तो अवसर मगर अध्ययन केन्द्रले जुराउन लागेको हो । माघ १६ गते दिनको १ बजे  जावलाखेलस्थित स्टाफ कलेमा बहस आयोजना गरिएको केन्द्रका महासचिव गुप्तबहादुर रानाले राज्यसत्ता डटकमलाई बताए  ।

महासचिव रानाले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार नेपाली सेनाको इतिहासको विषयमा विद्यावारिधी गरेका डा प्रेमसिँ बस्नेतले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । कार्यपत्रमाथि सहभागीहरुले प्रश्नोत्तर गर्न सकिने छ ।

सेनाको कुल संख्या ९१२५८ मध्ये ६४४४ जना मगर रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %