राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठक रुपन्देहीको भैरहवामा बस्नेभएको छ । भैरहवामा बस्ने बैठकले मुलुकको वर्तमान राजनैतिक स्थितीको समिक्षा गरी भावी कार्यक्रम तय गर्ने सो पार्टीले जनाएको छ । यस्तै माघ ६ गते विहान केन्द्रीय समितिद्धारा पार्टीको २२ औं स्थापना दिवसको अवसरमा विभिन्न राजनैतिक दल साचारकर्मी प्रशासक उद्योग व्यवसायी संघसंस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरी चियापान तथा भेटघाट कार्यक्रम गरिने संघीय परिषद सदस्य अशोक पुन बताए ।
माघ ६ गते पार्टीको २२ औं स्थापना दिवस एवं लुम्विनी राज्यसमिति घोषणा सभा पनि भैरहवामा नै भव्यताका साथ मनाउन लागिएको पार्टी स्रोतले जानकारी दिदएका छन् । उक्त कार्यक्रम भैरहवामा वृहत जनप्रदर्शन गरी बुद्धचोकमा विशालसभा गरिने व्यवस्थापन जिल्ला समिति रुपनदेहीका अधयक्ष झम बहादुरगुरुङ्गले बताउनु भयो । कार्यक्रममा नवलपरासी पाल्पा कपिलवस्तु जिल्लाबाट हजारौ कार्यकर्ता भैरहवामा आउने पनि अध्यक्ष गुरङ्गले बताए ।
यसैवीच राष्ट्रिय जनमुक्ति पार्टीको २२ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा मोर्चाले रक्तदान कार्यक्रम गर्ने भएको छ । सो पार्टीका भातृ संगठन राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिले धरान र बुटवलमा रक्तदान गर्ने जनाएको छ । मोर्चाका सचिव एल वि गोतामेका अनुसार मोर्चाको केन्द्रीय समितिको तर्फबाट धरानमा कार्यवाहक अध्यक्ष राजेन्द्र राई र बुटवलमा महासचिव सुन्दर गुरुङ्गलाई संयोजक तोकिएको छ ।
गोविन्द घर्ति, रुपन्देही
