दलितको रकम गैरदलितले खाएपछि गाविसमा ताला

Read Time:1 Minute, 18 Second

स्थानीय गाविसस्तरीय राजनीतिक संयन्त्रले दलितका क्षेत्रमा रकम विनियोजन गरेको रकम रकम नपाएपछि पर्वत जिल्लाको खौला लाँकुरी गाविसका दलितहरुले गाविस कार्यालयमा तालाबन्दी गर्न बाध्य भएका छन् ।  तालाबन्दीपछि चौथो गाउँ परिषद् स्थगित भएको छ । गाविसमा भित्रिएको रकमबाट स्थानीय दलितको क्षेत्रमा ७७ हजार ५ सय रुपैंयाँ विनियोजन गरेपनि रकम नदिई परिषद् गर्न लागेपछि पुस २९ गते दलितहरुले ताला लगाएका हुन् ।

गाविस सचिव दिवाकर पौडेलले दलितकै लागि विनीयोजित रकम नदिएको स्विकार्छन् । खौलालाँकुरी दलित साचालका अध्यक्ष धनबहादुर सार्कीले शासक जातीले हेपेर विनीयोजित बजेट पनि नदिएकाले विरोध गर्नु परेको बताए ।

दलित जनजातिका लागि विनीयोजित रकम क्षेत्री वाहुनहरुले झ्वामपारेपछि देशका विभिन्न भागमा यस्तो विरोध शुरु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %