राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद केन्द्रिय समिति सदस्यमा तीन जनालाई मनोनित गरेको छ । संघीय परिषद सदस्यमा थपिनेहरुमा अधिवक्ता चेतबहादुर आले, निरबहादु आले र चन्द्र खापुङ रहेका छन् । सो पार्टीको संघीय परिषद ८५ सदस्यीय रहेको छ ।
तीनै जनाको पद तथा गोपनीयताको सपथ भने माघ ४ गते भैरहवामा हुने पार्टीले जनाएको छ । माघ ६ गते भैरहवामा जनमुक्तिको २२ औं स्थापना दिवस मनाइदैछ ।
