विश्वभर यसपालिको माघेसक्रान्तिको रौनक नै भिन्न

Read Time:6 Minute, 58 Second

कला संस्कृति र चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय जनसंख्याको दृष्टिकोणले नेपालको तेश्रो ठुलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति हो । नेपालको प्राय सबै जिल्लाहरुमा बसोबास गर्दै आएका मगरहरुले भव्यताका साथ मनाउने विभिन्न चाड पर्वहरु मध्ये माघे संक्रान्ति पनि एक प्रमुख चाड हो । मगर र थारु समुदायको परम्परागत चाड भए पनि माघे संक्रान्तिलाई सम्पुर्ण नेपालीहरुले राष्ट्रव्यापी रुपमा धुमधामका साथ मनाउने गर्दछन् । परापुर्वकालदेखि नै मनाउँदै आएतापनि यो चाड सम्पुर्ण मगर समुदायको निम्ति गत ०६५ माघ १ गतेबाट बिशेष हर्षसउल्लासका साथ मनाउन शुरु गरिएको छ । सरकारले ०६५ सालबाट यसलाई राष्ट्रिय पर्व तथा मगर समुदायको प्रमुख पर्वको रुपमा मान्यता प्रदान गरेपछि बिशेष महत्वका साथ मनाउन शुरु गरिएको हो । सरकारको यस प्रकारको कदमले गर्दा सम्पुर्ण मगर तथा थारु समुदायका दाजुाभाई दिदीबहिनीहरुमा नयाँ रमझमको रक्तसंचार गरेको छ । सरकारले आधिकारिक रुपमा माघे संक्रान्तिलाई मगर थारु तथा सम्पुर्ण नेपालीको राष्ट्रिय पर्वको रुपमा घोषणा गरेपछि विगतदेखिद धुमधामका साथ मनाउँदै आएका मगर तथा थारु समुदाय निकै हर्षित भएका छन् ।
मगर समुदायमा यो पर्व खास गरि संक्रान्तिको दिन मात्र मनाईतापनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलहरुमा गएर मनाउने हो भने त्यसको तयारीमा जुटिरहेका हुन्छन् । समान किनबेच र व्यवस्थापन गर्दागर्दै संक्रान्ति आईपुग्छ । माघे संक्रान्तिमा विशेष गरि बन तरुल, घर तरुल खाने चलन रहेको छ । यस अवसरमा चेलिबेटीलाई बोलाएर तरुल तथा मिठामिठा परिकार पकाएर खुवाउने चलन रहेको छ । टाढा विवाह भई गएका चेलिबेटीहरुलाई बोलाएर यो पर्व बिशेष पारिवारिक वातावरणमा मनाउने चलन छ ।
यही माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ, धरान नगर समितिले धरानमा मगर चलचित्र महोत्सव गरि मनाउने कार्यक्रम तय गरेको छ । विगतको वर्षमा दोहोरी कलाकारहरुलाई बोलाएर बिशेष कार्यक्रम गरि दोहोरीमय माघे संक्रान्तिलाई यस वर्ष समितिले मगर चलचित्रमय बनाउने निर्णय गरि माघ १ र २ गते गरिने कार्यक्रमको अन्तिम तयारी सम्पन्न गरेको जानकारी नगर समितिका अध्यक्ष चित्रबहादुर थापा मगरले गराएका छन् । कार्यक्रममा पहिलो मगर चलचित्र लङ्घन, आशे, धौलागिरीको संस्कृतिमा निर्माण भएको मगरपनको मगर चलचित्र एजु २, बाराहीपुत्र र सालिज्यू प्रदर्शन गरिने छ भने मगर डकुमेन्ट्री नेपाल मगर संघ– विगतदेखि वर्तमानसम्म, नाराम, भूयार र अग्रगमनको यात्रामा मगरहरु प्रदर्शन गरिने छ ।
र, कार्यक्रममा प्रमुख अतिथि सभासद एम.एस.थापा, मगर चलचित्रका पहिलो निर्देशक युवराज मास्की राना मगर, पहिलो नायक राज थापा मगर, पहिलो चलचित्रका कथाकार सञ्जोग लाफा मगर, एजु चलचित्रका निर्देशक मेजन पुन मगर, पहिलो मगर महिला निर्देशक प्रतिमाया पुन मगरको उपस्थिति रहने छ । कार्यक्रमलाई मनोरञ्जन मुलक बनाउन साँस्कृतिक कार्यक्रम, मगर खाना महोत्सव, मगर भेषभुषा विक्री वितरण कार्यक्रम समेत गरिएको जानकारी मगर संघ नगर समितिका सचिव जानकारी गराउँदछन् ।

हंगकंगमा माघेसक्रान्तिको भब्य तयारी

मगर संघ हंगकंगले आफ्नो मौलिक चाड माघेसक्रान्ति सदा झै मनाउन निरन्तरता दिइएता पनि यस पालि २०१२ को माघेसक्रान्ति जनवरी १५ तारेखका दिन मंकी हिल, कमसान कन्ट्री पार्कमा भब्य रुपमा मनाइने भएकोछ ।  यसपालि अन्य बर्ष भन्दा भब्य हुने  मगर संघ हंगकंगकी नव निर्बाचित अध्यक्ष चन्द्र ज्योति आले मगर बताउछिन । आलेका अनुसार यस पाली कार्यक्रम स्थलमा स्वागत मूलढोका बनाई मगर भेषभुषामा सुसज्जित कन्याहरु राखेर आगन्तुक पाहुनाहरुलाई भब्य स्वागत गरिनेछ । हंगकंगमा रहेका मगरहरुको तथ्याक पनि संकलन गर्ने उदेश्य अनुरुप मूलढोकामा सवै पाहुनाहरुको नाम, सम्पर्क नं. र ठेगानाको अभिलेख राखिनेछ । पितृ पूजा गरिनुका साथै डोरी तान्ने, तारो हान्ने र ठेला हान्ने खेल खेलाइनेछ । मासको रोटी (बटुक), सेल रोटी, विरम्ला, भुटुवा, अचार, तरुल र विविक्यूको साथमा अन्य परीकारका साथै नरम तथा कडा पेय पदार्थमा घरमा बनाएको तीन पाने रक्सी देखि अनेकन परिकारको ब्यवस्था गरिनेछ ।
कार्यक्रममा ५०० भन्दा बढि मगरहरुको उपस्थिति हुने र त्यसमा पनि सवै मगरहरुलाई आफ्नो भेष भुषामा आउन अनुरोध गरिएकोले त्यस दिन कन्ट्री पार्क मगरमय हुने संघका महासचिब बोध विक्रम थापा मगर बताउछन । यसपटक पक्का झर्रा कौरा गाउ घरमा जस्तै नचाउनको लागि तयारी भैसकेको हंगकंगका कौरा गुरुबाट सम्मानित भएका तिलाराम आले मगर बताउछन् ।  निवर्तमान अध्यक्ष एम. बि. थापाले  शुरुआत गरेको पितृ पूजालाई राम्रो कामको शुरुआत ठान्छन्, पूर्व अध्यक्ष हुम थापा ।

मेजन पुन नेपाल , भीम थापा हङकङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %