
चीनका प्रधानमन्त्री वेन जियाबाओ पुस ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । विहान ११ बजे त्रिभुवन विमानस्थलमा आउने वेन नेपालमा पाँच घण्टा मात्रै रहने छन् ।
नेपाल भ्रमण सकेर कतार प्रस्थान गर्ने परराष्ट्र स्रोतले जानकारी दिएको छ । वेनको भ्रमणबारे औपचारिक जानकारी भने गराइएको छैन । उनको स्वागतमा सरकारले सबै तयारी पुरा गरिसकेको जनाएको छ । यसअघि ५ पुसमा तय भएको भ्रमण स्थगित भएपछि धेरै चर्चापरिचर्चा भएको थियो ।
भ्रमणको मिति एक पक्षीय रुपमा घोषणा गर्दा आलोचित हुनु परेपछि सरकारी अधिकारीहरुले भ्रमणबारे गोप्यता कायम गरेका हुन । तिब्बतीयन प्रर्दशनकारी र सुरक्षा लगायतका विषयका कारण नेपालमा वेनको कार्यक्रम गोप्य राखिएको छ ।
