नेपाः राष्ट्रिय पार्टी र नेवाः स्वायत्त राज्य मंका परिषद्को हस्तक्षेपपछि कीर्तिपुर नगरपालिकाको १७ औं नगरपरिषद चल्न सकेन । नेवारसम्बद्ध पार्टी र संघ संस्थालाई वेवास्ता गरेको भन्दै पुस २८ गते उनीहरुले संयुक्त रुपमा परिषदको कार्यक्रम अवरोध गरेका हुन ।
नगरपालिका सबैको साझा भएपनि गैर नेवारहरुले नेतृत्व गरेको पार्टीले नेवारको पार्टीलाई हेला गरेको नेपा पार्टीका नेताहरुको भनाई छ । नेवारहरुलाई उचित स्थान नदिई कार्यक्रम सन्चालन गर्न खोज्दा मंका परिषद् र नेपाः पार्टीसम्बद्ध पदाधिकारीले माच नियन्त्रणमा लिएको नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।
प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डँन राज्यमन्त्री दिलीप महर्जन भने नेवाः सम्बद्ध पार्टीको पक्षमा एक शब्द नबोली फर्केका थिए ।
