नेपाल शेर्पा संघले आगामी माघ १३ गते शेर्पा सभा गर्ने भएको छ । सभा शेर्पा सेवा केन्द्र बौद्धमा विहान ११ बजे शुरु हुने आयोजकले जानकारी दिएको छ ।
सम्पूर्ण शेर्पा जातीको एउटै चाहना शेर्पा स्वायत्त प्रदेशको स्थापना भन्ने नारा तय गरिएको सभालाई प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत गरिने भएको छ ।
