सिक्लेस युवा क्लबको १७ औँ वार्षिकउत्सव तथा माघे सक्रान्ती मेला २०६८ को तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष ३० गतेबाट माघ ३ गतेसम्म कास्कीको पर्यटकिय गाउँ सिक्लेसमा प्रत्येक वर्ष हुदै आएको माघे मेला तथा क्लबको वार्षिक उत्सवको तयारी अन्तिम चरणमा पुगेको पुस २५ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा मेला प्रचार प्रसार संयोजक देवीजंग गुरुङले राज्यसत्ता डटकमलाई इमेलमार्फत जानकारी दिएका छन् ।
पर्यटनको सम्भावाना वोकेको सिक्लेसलाई पर्यटकिय गाउँको रुपमा विकास गर्न क्लबको वहुउद्धेश्यीय भवन निर्माण गर्न तथा स्थानिय तिर्थस्थलहरु म्प्हउदु क्यु र फैमक्यु को व्यापाक प्रचारप्रसार एवम् संरक्षण र प्रवद्र्धन गर्न क्लबले माघे मेला आयोजना गरेको मेला संयोजक तथा क्लवका सचिव टंकप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार स्थानिय सभाथरको समन्वयमा विगतका वर्षहरु झै यसवर्ष पनि ठेलो प्रतियोगिता हुने भएको छ ।
मेलामा पौष ३० गतेबाट खेलकुदहरु संचालन भए पनि मेलाको औपचारिक उद्घाटन भने माघ १ गते अर्थात माघे सक्रान्तीको दिन नेपाल पन्छी संरक्षण संघका कार्यकारी प्रमुख हुमवहादुर गुरुङले गर्नेछन् । मेला अवधिभर खेलकुद अन्तर्गत खुल्ला पुरुष भलिवल वृत्तिचित्र प्रर्दशनी महिला भलिवल वास्केटबल तथा अन्य विभिन्न मनोराजनात्मक कार्यक्रम हुनेछन् ।
मेला संचालनका लागी आयोजकले करिब ३ लाख ५० हजार खर्च हुने अनुमान गरीएको छ भने ५ लाख आम्दानी हुने अनुमान गरीएको मेला संयोजक गुरुङले वताए । पत्रकार सम्मेलन सिक्लेस युवा क्लव पोखरा शाखाका अध्यक्ष महानप्रसाद गुरुङको अध्यक्षतामा भएको थियो ।
