जनमुक्तिका युवा गोर्खा भर्तीको पक्षमा

Read Time:1 Minute, 18 Second

राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय युवा मोर्चाले गोर्खा भर्ति बन्द हुन लागेकोमा विरोध गरेको छ । संसदमो अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले गोर्खा भर्ति बन्द गर्न सिफारिस गरेपछि मोर्चाले विरोध जनाएको हो ।

मोर्चाका अध्यक्ष रोशन राईद्वारा जारी विज्ञप्तीमा रेमिट्यान्सको प्रमुख स्रोत मध्येको एक गोर्खा भर्ति भएकाले बन्द गर्न नहुने उल्लेख छ । खाडी मुलुकमा जानु भन्दा बेलायत सिँगापुर र भारतीय सेनामा भर्ति हुनु राम्रो हुने जनाइएको छ ।

एमाओवादी सभासद पदमबहादुर विश्वकर्मा सभापति रहेको समितिले गोर्खा भर्ति बन्द गर्न सिफारिस गरेको हो । संसद सचिवालयमा दर्ता गर्न लागेको समितिको प्रतिवेदनमा भर्तिमा जाँदा नेपालीको शिर निहुरिएको भन्दै भर्ति बन्द गर्नु पर्ने जिकिर गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %