धनकुटा सिधुवामा सम्पन्न एक भेलाले ऐतिहासिक छथर महोत्सव गर्ने निर्णय गरयो ।
छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते त्रिदिवसिय महोत्सव गर्ने निर्णय सहित धनकुटा र तेह्रथुम जिल्लामा पर्ने विभिन्न १९ गाँउ विकास समितिका प्रतिनिधित्व हुने गरि टेकराज तिगेलाको अध्यक्षतामा ४१ सदसिय महोत्सव आयोजक समिति निर्माण भएको छ ।
महोत्सव सफल बनाउनको लागि देशविदेशमा रहनु भएका सम्पूर्ण छथरवासी तथा गैर छथरवासीहरुलाई अनुरोध गरिएको छ ।
