‘लिम्बुवान स्वायत्त गणराज्य र याक्खालेन स्वायत्त क्षेत्रको स्थापनाको लागि एक होऔं’ भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत् संघीय याक्खालेन स्वायत्त परिषदको ऐतिहाकिस प्रथम स्वायत्त सम्मेलनको उद्घाटनसभा २०६८ पुस २३ गते याक्खा स्वायत्त क्षेत्र तामाफोकको मुढे शनिश्चिरे बजारमा भव्यताका सम्पन्न भएको छ । माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषद केन्द्रीय तदर्थ समिति याक्खालेन लिम्बुवान नेपालको आयोजनामा सम्पन्न यस सम्मेलनको उद्घाटनसभा तदर्थ समतिका अध्यक्ष डिक लिङ्खा याक्खाको अध्यक्षता र माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ुमिराकुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नेपालको संघीयवादी इतिहासमा लिम्बुवानका धिमालपछि प्रस्तावित स्वायत्त क्षेत्रमा थात्थलो भएका मुलवासी याक्खाहरुले लिम्बुवान र याक्खालेन स्वायत्त क्षेत्रको संवैधानिक सुनिश्चिताका लागि गरेको यो ऐतिहासिक कार्यक्रमको साचालन समितिका महासचिव ईश्वर याक्खा र लिम्बुवान सङ्खुवासभा जिल्ला कमिटि सदस्य शशी लिङ्थेपले गरेका थिए । उद्घाटन आमसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै किरात याक्खा छुम्माका केन्द्रीय सदस्य रुद्रबहादुर जिमी याक्खाले हिजो इतिहासमा पनि यो याक्खालेन भूमि लिम्बुवानसँगै रहेको र अबको संघीय नेपालमा बन्ने राज्यमा पनि लिम्बुवानसँगै याक्खा स्वायत्त क्षेत्र रहनुपर्ने धारणा व्यक्त गरे ।
आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार लिङ्देन ‘मिराक’ले लिम्बुवानको लडाइँ कुनै व्यक्ति वा पद परिवर्तन गर्ने चुनाव जित्ने वा हार्ने नभई पूरै व्यवस्था नै परिवर्तन गर्ने लडाइँ भएको भन्दै लिम्बुवान अरुजस्तो ढाँट छल गर्ने सङ्गठन र आन्दोलन नभई इमान्दार जुझारु र सशक्त सङ्गठन भएको बताए । एकात्मक काठमाडौ र उसले नियुक्ती गरेको सीडीओ र प्रहरीले होइन यहाँका जनताले चाहेको र चुनेको वा आफैले आफ्नो शासन गर्ने व्यवस्थाको लागि यसरी लडिरहेको बताउँदै प्रमुख अथिति मिराकले सोही आह्वान गर्न यस याक्खा क्षेत्रमा आएको बताए । लिङदेनले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र याक्खा स्वायत्त क्षेत्रसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न आन्दोलन गरिरहेको बताए ।
कार्यक्रममा लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङ सचिवालय सदस्थ तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ महासचिव अमृता थेबे केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री संघीय विद्यार्थी युनियन लिम्बुवानका उपाध्यक्ष सेसेहाङ चोङ्बाङ संघीय लिम्बुवान युवा माचका अध्यक्ष सुनिल लिम्बू र परिषद सङ्खुवासभा जिल्लाका अध्यक्ष इन्द्र लिङ्थेपले नौवटै जिल्लाका अध्यक्षहरुको तर्फबाट सम्बोधन गरे ।
आमसभामा स्थानीय मिर्मिरे युवा क्लव तामाफोक याक्खालेनका कलाकारहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लिम्बुवानी कलाकार खगेन्द्र यक्सोले लिम्बुवानका सशक्त गीतहरु प्रस्तुत गरी मनोरोाजनका साथ जागरुक गराए भने सङ्खुवासभा आइडल प्रेम जिमी याक्खा र ताप्लिजोङका कलाकार तथा केन्द्रीय सदस्य विष्णु यक्सोले पनि साङ्गीतिक प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सङ्खुवाभा जिल्लाका खाँदबारी, चैनपुर, जलजला, सिद्धकाली, सिद्धपोखरी, वाना, स्याबुन, सभापोखरी, खराङ, वानेश्वर, नुनढाकी, रामबेनी, मादीमुलखर्क, आँखीभूई, माम्लीङ, तामाफोक लगायतका गाउँहरुबाट नेता कार्यकर्ता प्रतिनिधि पर्यवेक्षक र पतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापाबाट पनि लिम्बुवान नेतृत्व तथा कार्यकर्ताहरुको सशक्त सहभागीता रहेको रहेको थियो । मचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत् याक्खालेन स्वायत्त परिषदको बन्दसत्रको सम्मेलन पुस २४ गते हुने कार्यक्रम रहेको छ ।
डीबी आङ्बुङ लिम्बू, याक्खालेन
