
आदिवासी\जनजाति, दलित, महिला र मधेशी अधिकार सम्पन्न हुन्छन् भनेर संघीयताको विरोधमा अहोरात्र खटिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूलाई एक व्यक्तिले फोन गरी सङ्घीयताविरुद्ध नबोल्न धम्की दिएको दाबी गरेका छन् । पुस २४ गतेबिहान करिब ५:३० बजे आफूलाई ज्वाला िसंह समूहको कमाण्डर बताउने एक व्यक्तिले ७७७७ नं बाट फोन गरी सङ्घीयताविरुद्ध कुरा गर्नु महान भुल हुने र त्यो ठूलो खतरा हुने भनी धम्की दिएकॊ अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत दाबी गरेका हुन ।
सङ्घीयता र त्यससित जोडिएका जातीय राज्य आत्मनिर्णयको अधिकार एक मधेस एक प्रदेश बहुराष्ट्रवाद देश र जनताका हितविरुद्ध रहेको धारणा राख्दै तिनीहरुका कारणले देशमा जातीय र क्षेत्रीय विग्रह तथा राष्ट्रिय विखण्डनको अवस्था सिर्जना हुने प्रति गम्भीर खतरा रहेको कुरा आफूले जनतालाई ध्यानाकर्षण गराउन चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । संविधानसभा निर्वाचनमा एक सिट जितेको केसीको जनमोर्चा र राजाको पक्षमा वकालत गर्दै आएको कमल थापाको राप्रपा नेपालको माग एउटै छ । तथापि केसीले आफूलाई कम्युनिष्ट पार्टीको नेता भएको जिकिर गर्दै आएका छन् ।
संघीयताको विरोध गर्नु अन्तरिम संविधानको ठाडो उल्लंघन हो । संघीयताको विरोधको नाममा अन्तरिम संविधान २०६३ विरुद्ध बोल्दै आएका केसीलाई राज्यले भने कुनै कारवाही गरेको छैन ।
