तमु विद्यार्थीलाई पढाईमा आकर्षित गर्ने काइदा

Read Time:2 Minute, 40 Second

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले ग्रामीण भेकका सामुदायिक विद्यालयमा अध्ययन गर्ने तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आज पोखरामा छनौट परीक्षा सम्पन्न गरेको छ । हाल कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले आगामी तीनवर्षका लागि थप सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छनौट परीक्षामा कास्की स्याङ्जा तनहुँ लमजुङ र गोरखा जिल्लाबाट २७ विद्यार्थीको सहभागिता रहेको थियो  । छनौट हुने विद्यार्थीले वार्षिक ८ हजारका दरले छात्रवृत्ति पाउने प्रतिष्ठानका अध्यक्ष झम तमुले जानकारी दिए ।

छनौट हुने विद्यार्थीले तमु िधं एशोसियसन युके छात्रवृत्ति दुइ जना स्वर्गीय हर्कमा स्मृति छात्रवृत्ति एक जना खुशीमा तथा मीना तमु छात्रवृत्ति दुइ जना स्वर्गीय लालकाजी स्मृति छात्रवृत्ति एक जना र अध्यक्ष तमु िधं नेपाल छात्रवृत्ति एक जनाले प्राप्त गर्ने अध्यक्ष तमुले बताए । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापना भएको प्रतिष्ठानले विगत केही वर्षयतादेखि कक्षा ८ ९ र १० मा अध्ययनरत गरिब तथा जेहेन्दार ग्रामीण भेकका २१ जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसैगरी प्रतिष्ठानले विगत एक दशक अघिदेखि प्रवेशिका परीक्षामा निजी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ठ हुने दुइ जना छात्रा र दुइ छात्रालाई पुरस्कृत गर्दै आएको छ भने विभिन्न क्षेत्रका श्रष्टालाई सम्मान गरेको छ ।

परीक्षा अघि प्रतिष्ठानका अध्यक्ष झम तमु प्रथम उपाध्यक्ष चिजकाजी तमु सचिव चित्रबहादुर तमु लगायतले छनौट परीक्षा नियमबारे र छात्रवृत्तिका बारेमा जानकारी दिएका थिए । उनले प्रतिष्ठानको गतिविधीका बारेमा पनि चर्चा गरे ।

हुम तमु, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %