खिलाङ्ग, पौष २२
ल्होसारको अवसर पारी स्थानिय थन्कु देउराली युवा क्लब खिलाङ्गले आयोजना गरेको खिलाङ्ग मेलामा खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवल खेलमा दुधपोखरी युवा क्लब सोँधा ए, महिला भलिवलमा थन्कु देउराली युवा क्लव खिलाङ्ग र वास्केटवल खेलमा ताङतिङ युवा क्लब ताङतिङ् प्रथम भएको छ ।
पौष १८ गतेबाट सुरु भएको मेलामा पुरुष भलिवलमा दुधपोखरी युवा क्लबले मिलन युवा क्लब याङ्जाकोट वि लाई ३/२ को सेटमा पराजित गर्दै यसवर्षको भलिवल उपाधि जितको होे । त्यस्तै वास्केटवल खेलमा ताङतिङ युवा क्लब ताङतिङ विले मिलन युवा क्लब याङ्जाकोट ए लाई ४०/३६ स्कोरको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
१८ समुहले सहभागिता जनाएको पुरुष भलिवलमा प्रथम हुन सफल दुधपोखरी युवा क्लब सोँधा एले नगद १५ हजारसहित मेडल, ट्रफि, प्रमाणपत्र र शिल्ड प्राप्त गरेको छ । त्यस्तै द्धितिया हुन सफल मिलन युवा क्लव याङ्जाकोट वि ले नगद १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै ११ समुहले सहभागिता जनाएको वास्केटबलमा प्रथम हुन सफल ताङतिङ युवा क्लबले नगद १२ हजार सहित मेडल, ट्रफि, प्रमाणपत्र र शिल्ड पाएको छ भने द्धितिया हुन सफल मिलन युवा क्लब याङ्जाकोटले नगद ८ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैवीच यसवर्षदेखि सुरु गरीएको महिला भलिवल प्रतियोगितामा आयोजक थन्कु देउराली युवा क्लब खिलाङ्ग प्रथम भएको छ । ४ समुहले सहभागिता जनाएको महिला भलिवलको फाइनल खेलमा खिलाङ्गले सिद्ध युवा क्लव चिप्लीलाई ३÷१ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।
महिला भलिवलमा प्रथम हुन सफल थन्कु देउराली खिलाङ्गले नगद ५ हजार सहित मेडल, प्रमाण र ट्रफि प्राप्त गरेको छ भने द्धितिया हुन सफल सिद्ध युवा क्लव चिप्लीले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मेलामा थन्कु देउराली युवा क्लबले विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । साथै मेलामा घैटो फुटाल्ने, मिठाई दौड तथा मकै गन्ने लगायतको मनोरञ्जनात्मक खेलहरु पनि भएका थिए ।
विहीवार मेलाको क्लबका अध्यक्ष दिल्ली सिं गुरुङ्गको अध्यक्षतामा भएको मेला समापन कार्यक्रममा क्लवका सचिव नौ वहादुर गुरुङ्ग, स्थानपति निम्न माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यम वहादुर गुरुङ्ग लगायतले वोलेकाथिए ।
देवी जंग तमु
