राष्ट्रिय युवा मोर्चा रुपन्देहीको तेश्रो जिल्ला परिषद् सम्मेलनले दलबहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मोर्चाको उपाध्यक्षमा विष्णु दगामी, सचिवमा यशोदा गाहा, सहसचिवमा मोहन सिँह थापा, संगठन सचिवमा खिम रेश्मी र कोषाध्यक्षमा माजु गुरुङ्ग चयन भएका छन् ।
पुस २३ गते सम्पन्न सम्मेलनबाट वलबहादुर राना, सुदर्शन यादव, कमल थापा, अमृता थापा, भिमसेन थापा, सन्तोष थापा, बुद्धबहादुर पचभैया, गणेश गुरुङ्ग, गिरीप्रसाद थापा, कृष्ण गुरुङ्ग र खिम गुरुङ्ग सदस्यमा चायन भएको शंकर गाहा राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी समिति सदस्य टोप अस्लामी संघीय परिषद् सदस्यद्धय हरिदेव थापा अशोक पुन राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग लगायतले बोल्दै नयाँ कार्यसमितिको कार्यकालको शुभकामना व्यक्त गर्दै देशमा व्याप्त भ्रष्टचार बढेकोले उक्त भ्रष्टचार रोक्न अवका युवाहरु लाग्नु पर्नेमा जोड दिइएको थियो ।
गोविन्द घर्ति, रुपन्देही
सम्बन्धित समाचार
रुपन्देहीमा राष्टि्य युवा मोर्चाको सम्मेलन शुरु (पाँच तस्विर)
