माघीमा तीन दिन विदा माग

Read Time:1 Minute, 37 Second

बाँके जिल्लाका थारु समुदायले माघी पर्वमा सरकारले तीन दिन औपचारिक विदा दिन माग गरेका छन् ।  थारु ठन्ह्वालगायत २४ संस्थाले प्रमुख जिल्ला अधिकारीमार्पुत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो माग अघि सारेका हुन ।

थारुहरुले माघी प0र्वका अवसरमा मटावा, भलमन्सा, चिरक्या, गुर्वा, चौकीडर्वा, खोजनी-बोजनीलगायतका अनुष्ठान पाँच दिनसम्म गर्नुपर्ने भएकाले हाल िदंइदै आएको एक दिनको सार्वजनिक विदा अपर्याप्त भएको ज्ञापनपत्रमा उल्लेख छ । माघी पर्वका अवसरमा राष्ट्र प्रमुखद्धारा शुभकामना सन्देश जारी गर्नुपर्ने, थारु समुदायको धार्मिक तीर्थस्थल ‘थारु ठन्ह्वा’ को स्थापना गरिनुपर्ने, थारु समुदायको संस्कृति संरक्षणका लागि उचित नीतिको व्यवस्था गरिनुपर्ने र थारुको संस्कृति र प्रथालाई कानूनी मान्यता दिनुपर्ने माग समेटिएका छन् ।

सरकारले माघ १ गतेलाई मगर र थारुको राष्ट्रिय पर्वको रुपमा घोषणा गरे पनि मगर समुदायले पर्वलाई खास महत्व दिएको पाइदैन । जबकी थारुहरुलाई माघीलाई विशेष महत्व दिएर मनाउँदै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %