मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध भएको अरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम सदरमुकाम खलङ्गा बजारको एक होटलबाट गएराति उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
होटलको हलमा प्रशिक्षण कार्यक्रम गरिरहेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको रुकुमका प्रहरी नायब उपरीक्षक किसनसिङ थापाको दाबी छ । यसअघि पक्राउ परेका दुई मध्ये एक जनाले आफू सशस्त्र गतिविधिमा संलग्न नभएको तथा राष्ट्रिय जनमुक्ति पार्टीको सदस्य भएको बताएपछि प्रहरीले रिहा गरेको थियो ।
