‘एमालेको एनजिओले सुनार हत्याको विषयमा भ्रम छर्यो’

Read Time:2 Minute, 20 Second

राष्ट्रिय दलित आयोगले कालीकोटका मनवीर सुनारको हत्या विशुद्ध जातीय विभेदकै कारण भएको ठहर गरेको छ । एमालेसम्बद्ध इन्सेकले झैझगडाका कारण हत्या भएको भ्रम फैलाएको भन्दै पुस २१ गते आयोगले यस्तो ठहर गरेको हो ।

आयोगले स्थलगतरुपमा अध्ययन गरेको ुमनवीर सुनार हत्या प्रकरणुसम्बन्धी प्रतिवेदन राजधानीमा सार्वजनिक गर्दै जातीय विभेदकै कारण मनवीर सुनारको हत्या भएकाले घटनामा संलग्न दोषीलाई प्रचलित कानुनअनुसार कडा कारवाही गर्न माग गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष विजुलकुमार विश्वकर्माले छुवाछूतमुक्त राष्ट्र घोषणा भइसकेको अवस्थामा जातीयताका आधारमा ज्यानै लिनेगरी भएको सो घटना अमानवीय भएको बताए । गत मङ्सिर २४ गते चुल्हो छोएको निहुँ बनाएर ठूला जातिका भनाउँदाले सुनारको हत्या गरेका थिए ।

आयोगका सदस्यसचिव जीवन परियारले चुल्हो छोएको निहुँमा हत्या गरिएका कालीकोटका सुनारको घटनालाई लिएर मानवअधिकारवादी केही संस्थाबाट घटना तोडमोड गर्न खोजिनु दलित समुदायमाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरे । केही दिनअघि अनौपचारिक क्षेत्र सेवा केन्द्र मध्यमश्चिमााचल क्षेत्रीय कार्यालयले सुनारको हत्या जातीय विभेदबाट नभई मादक पदार्थ सेवनपछि उत्पन्न विवादका कारण भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

गाई पिट्दा कारागार पठाउने कनुन बनाएको सरकारले दलितको हत्यारालाई भने अझै कारवाही गरेको छैन । देशव्यापी बन्द आयोजना गर्दा पनि सुनारको हत्या घट्नालाई जनावर मारिदा जति महत्व नदिएको अधिकारकर्मीहरुको धारणा छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %