क्रिश्चियनहरुले जातीय द्धन्द्ध गराउन खोजिरहेकाछन् – दामोदर गौतम, अध्यक्ष विश्व हिन्दु महासंघ नेपाल

Read Time:20 Minute, 20 Second


अन्तरिम संविधानले नेपाल धर्म निरपेक्ष भनेर उल्लेख गरेको छ, नेपाल हिन्दु राज्य नहुदैमा हिन्दुहरुलाई खास के असर पर्छ ?
अन्तरिम संविधान लेख्नेहरु जो छन्, उनीहरुले निरपेक्षको पछाडि धर्म रहन्छ भन्ने जान्दै जानेनन् त्यो नै त्रुटि हो । धर्मको पछाडि निरपेक्ष रहन्न । अर्थ नै नबुझेर संविधानमा यस्तो कुरा राखिएको छ । ‘निरपेक्ष’ शब्दलाई नेपाली र संस्कृत शब्दकोषले कुनै कुरामा चाख वा वास्ता नभएको, वेवास्ता, एक्लो, अकेलो, लौकिक, अधार्मिक, अध्यात्म विरोधी भन्ने जनाउँछ । त्यस्तै अंग्रेजीमा secular को अर्थ धर्म नमान्ने, Not religious, Not sacred, धार्मिक भावना रहित, Not spiritualअध्यात्म विरोधी,Temporal worldly
अध्यात्मसँग सम्बन्ध नभएको भन्ने छ । त्यस्तै अक्फोर्ड डिक्सनरीमा Secular भनेको a.  Not concerned with the affaris of this world :not  spritiual or monastic.
b. Christain Church (of clergy) not subject to or bond by religious rule : not building or living in a monastic or other order contrasted with regular.

नबुझेर उनीहरुले संविधानमा यस्तो उल्लेख गरेका हुन् । मैले सबै नेताहरुलाई यसको अर्थ त यस्तो हुन्छ भनेर भन्दा अलमल परे । नेताहरुलाई पनि यो ठीक लागिराख्या छैन, तर लेखियो । यसलाई ल्याउने डिजाइन परापूर्व कालदेखि गरिएको हो । यो षड्यन्त्र गरि आएको हो । इतिहासलाई हेर्दा पृथ्वीनारायण शाहले    भनेका छन् कुनै किश्चियनले आफ्नो धर्म विस्तार गर्नका लागि अरु धर्र्म र संस्कृति विनास गर्ने उद्देश्य हुन्छ, त्यहि भएर ब्रिटिसहरु भारतमा आएको उल्लेख गरेका छन् । भारत कब्जा गरे पछि उनीहरुले पैसाको लोभ देखाउने र समाजमा सहयोग अनि जनताको मन जित्ने काम गरे ।

भारतमा दक्षिणाहरु जमिसक्या छन् यहाँ आउने भने नेपाललाई ध्वस्त पार्ने छन् भनेर बेलैमा पृथ्वीनारायणले सचेत पनि गराएका थिए । त्यसैले उनले उनीहरु माथि एम्बुस राख्नु जाइकट नगर्नु, झिकिकट गर्नु भनेर भनेका हुन् । अहिले धेरै आइनजिओहरु नेपालमा आएर प्रभोक गर्ने काम गरिरहेका छन्,त्यो पनि क्रिश्चियन मिसन अनुसार भैरहेको छ । जाति जनजातीलाई विग्रार्न र नेपालको बद्नाम गराउने खेल खेलिरहेका छन् ।
नेपाल विगत देखि नै धार्मिक सहिष्णु छ । क्षत्री र  बाहुन बीच न विगतमा द्वन्द्व थियो न जनजातिहरु सँग नै । जातिय द्वन्द्व गराउने काम अव उनीहरुले गदैछन् ।

शाहकालमा त्रिभुवनसम्म र राणा प्रधानमन्त्रीमा जंगबहादुरसम्म पनि उनीहरुको मिसन पूरा हुन पाएको थिएन । राजा महेन्द्रले नेपालमा वि.सं. २०२८ सालमा नयाँ शिक्षा नीति लागू गरे पछि क्रिश्चियनहरुको मिसनले नेपालमा काम गर्न सजिलो बन्यो । मातृदेवो भव ः पितृ देवो भव ः गुरु देवो भव ः जस्ता हाम्रा संस्कृति र संस्कार मास्ने काम भयो । राष्ट्रलाई संयमित र सहिषुण बनाउने ती संस्कार लोप भए पछि सामाजिक आचरण खलबल्यिो । ०४६ को आन्दोलन पछि त त्यसले झन् व्यापकता पायो ।

धर्म निरपेक्ष त हुन्न र सापेक्ष पनि हुन्न । विश्वमा ९९ देश क्रिश्चियन, ४९ देश मुश्लिम , करीव ८ देश बुद्धिस्ट छन् । एक देश मात्र यहुदी छ ।  नेपाल मात्र हिन्दु राष्ट्र थियो । नेपाल यसले गर्दा पनि नयाँपन विश्वमा दिएको थियो । यसलाई हटाउनु हुनेथिएन । विश्वमा नेपालले तीन कुराले नयाँ पहिचान दिइरहेको थियो । हिन्दु राष्ट्र, सगरमाथा, गौैतम बुद्ध । यी पहिचानलाई हटाइदिने षड्यन्त्र अहिले भैरहेको छ ।
अहिले धर्म निरपेक्ष, जातीय राज्य र संघीयता भनेर ती तीन कुरालाई मेटाउन र एउटा डिजाइन अनुसार आएको हो ।

युरोप र अमेरिकालाई नेपाल हिन्दु राज्य बनेकोमा मन परेको थिएन । त्यसैले यहाँको हिन्दुहरुलाई सखाप नपारे सम्म आफ्नो मिसन पूरा नहुने ठानेर अहिलेको जनगणनामा हिन्दुहरुलाई पनि अरु धर्मालम्वी हौ भन्न लगाइएको छ । जनजातीहरुलाई र तराईका थारुलाई बौद्धिस्ट भनेर भन्न लगाइएको छ । हिन्दुको जनसंख्या अहिलेको जनगणनामा निश्चित रुपमा घट्ने छ ।

उनीहरुको डिजाइनलाई माओवादीले पनि साथ दिएको छ । गाइ काटेर खाने र अनि क्रिया नगर्ने काम गरे माओवादीहरु । प्रचण्डले नै आफ्नो बाबुको क्रिया गरेनन् । छालाको जुता लगाएर पश्चिमी पहिरनमा बाबुलाई दाग बत्ती दिएर प्रचण्डले टाउकोमा पानी पनि नराखि घाटबाट त्यसै आए ।

दामोदर गौतम


हिन्दु राष्ट्रलाई निरपेक्ष बनाउन षड्यन्त्र भए झै विगतमा संविधानमै हिन्दु राष्ट्र कायम गराउन पनि कसैको भूमिका देख्नु हुन्छ  ?

नेपाल हिन्दु अधिराज्य भनेर विं.सं २०४७ सालको संविधानमा उल्लेख गरिएको हो । त्यस भन्दा अगाडि नेपाल हिन्दु राज्य भए पनि संविधानत ः हिन्दु राज्य थिएन । गिरिजा र गणेशमान सिहंले २०४७ को संविधानमा पनि हिन्दु राज्य लेख्न मानिरहेका थिएनन् । राजाका मण्डली अच्युत रेग्मीले राजा विरेन्द्रलाई हिन्दु राष्ट्र भनेर संविधानमा लेख्न भनेकाले संविधानमा हिन्दु राष्ट्र नेपाल भनेर लेखिएको हो । यो निकै षड्यन्त्रबाट आएको हो ।

विं.सं. २०१९ सालको पञ्चायती संविधानले राजा हुनलाई हिन्दु हुनु पर्ने उल्लेख गरे पनि नेपालमा हिन्दु राज्य बनेको लामो इतिहास चाहि छैन । ०४६ सालको आन्दोलनमा कसैले पनि हिन्दु राष्ट्र चाहिन्छ भनेर भनेकै थिएनन,् तर संविधानमा हिन्दु राष्ट्र भनेर लेखियो । यता ०६२ ̷ ०६३ सालको संविधानमा पनि कसैले धर्म निरपेक्षता चाहिन्छ भनेर नारा लगाएकै थिएनन् तर धर्म निरपेक्षता आयो यो आफैमा षड्यन्त्रबाट आएको भन्ने देखिन्छ ।

त्यसो भए हिन्दुहरुलाई अल्पसंख्यक बनाउन खोजिएकै हो त ?
अहिलेको जनगणनामा हिन्दु धर्मावलम्बीहरु मध्ये जनजाती मगर र मधेशी मध्य ेथारुहरुलाई पैसा दिएर बौद्ध र अरु धर्मालम्वी भएको भनेर लेखाउन लगाइएको छ । विं.सं २०५८ को सरकारी आंकडा अनुसार नेपालमा हिन्दुहरु ८० प्रतिशत छन् । हिन्दुहरुको बाहुल्यता बढि भएकोले हिन्दुहरुलाई अपसंख्यक पारेर नेपाललाई धर्म निरपेक्ष नबनाउदा सम्म उनीहरुको उद्देश्य हासिल होला भन्ने देखेर यस्तो गरिएको हो । हिजो हामी हिन्दुबाट मारिएका रहेछौ भन्ने कुरामा उनीहरुले दलित र जनजातीलाई विशेष रुपमा प्रशिक्षित र प्रलोभनमा पारेर आफ्नो धर्ममा तान्ने काम भैरहेको छ । यसमा उनीहरुको ठूलो लगानी भएको छ ।

वास्तविक हिन्दुको पहिचान के हो त ?
हिन्दुले कसैलाई पनि हिन भावनाले हेर्न हुन्न भन्ने छ । ऊँ कारलाई मान्ने, पूर्व जन्ममा विश्वास गर्ने, जसले गुरु र गाईको भक्ति गर्दछ र कसैलाई पनि हिन भावनाले हेर्दैन र व्यवहार गदैैैन भन्ने हिन्दुको वास्तविक अर्थ हो । मुश्लिम र क्रिश्चियन जस्तो हिन्दु एउटा सम्प्रदाय होइन यो त धर्म हो । हिन्दुलाई पछि मात्र सम्प्रदाय भनिएको हो । आर्य भनेको कसै प्रति पनि भेदभाव नगर्ने, बसु धैव कुटुम्बकम् भन्ने भावना बोकेका हुन्छन् । हिन्दु धर्मालम्वीहरुले अरु धर्मलाई सकारात्मक रुपमा हेर्दछन् जस्तो मुश्लिम र क्रिश्चियन जस्तो भेदभाव गर्दैनन् र नकारात्मक साथै फरक दृष्टिकोण राख्दैनन् ।

कसैलाई दुरभाव र फरक भावना राखिन्न हिन्दुमा । जनजाति भन्नेर भन्दै भन्दैन हिन्दुले । हिन्दु धर्मलाई व्याख्या गर्ने गाउँले पण्डितहरुले नै समाजमा विभेद सृजना गरि हिन्दु धर्मकै अपव्याख्या गरेका कारण खासमा विभेद सृजना भएको हो । मानिस जन्मिदा फोहोर भएकाले सुद्र र मानिसले ज्ञान पाए पछि ब्राहमण भन्ने गरिएको हो । खास जातिगत विभेद हिन्दु धर्मले गरेकै छैन ।

हिन्दु राष्ट्र बचाउनका लागि तपाइँहरुले के गदै आउनु भएको छ  ?

संविधानमा धर्म निरपेक्ष लेखिए पछि नै हामीले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर हिन्दुहरुको गौरव र विश्वमा नेपालको पहिचान जोगाउनु पर्छ भनेर ज्ञापन पत्र बुझायौ । झन्डा लिएर आगो बाल्ने काम नगरे पनि हामीले देशका विभिन्न भागमा पुगेर धर्म निरपेक्ष बनाउदा राष्ट्र तहस नहस हुने र सखाप हुने भन्दै सचेत पार्ने काम गरिरहेका छौ । देश भरि नै विश्व हिन्दु महासंघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझायो । हामीले धर्म निरपेक्षको विरोधमा पटक– पटक शान्तिपूर्ण कार्यक्रम गरिरहेका छौ । हामी राजनीतिक पार्टी नभएकाले सद्भाव कायम राख्दै अगाडि बढिरहेका छौ ।

हिन्दु राष्ट्रलाई धर्म निरपेक्ष बनाएर हिन्दु माथि राज्यले नै आक्रमण गरेको जस्तो लाग्दैन तपाइँहरुलाई ?
बास्तवमा भन्ने हो भने राज्यले होइन दुष्टहरुले हामीलाई आक्रमण गरेको चाहि पक्कै हो । जातीय र धार्मिक सद्भाव कायम रहेको मुलुकमा रक्तपात बनाएर फाइदा लिने दाउ कसैले खेलिरहेको जस्तो हामीलाई लागि रहेको छ । हाम्रो देशमा जातीय र साम्प्रदायिक हिंसा उत्पन्न गराएर शान्तिका लागि भन्दै एउटा मिसन खडा गरेर काम गर्ने र आफ्नो उद्देश्य पूरा गर्न यस्तो गरिएको हो ।

हिन्दु अधिराज्य बनाउने नाममा विभिन्न धार्मिक समूह पनि अहिले जन्मिएका छन् तर उनीहरुले सशक्क्त रुपमा आन्दोलन अगाडि बढाउन सकेको देखिन्न नि ?
हिजोको दिनमा हिन्दु भनेर राजावादी र मण्डलेहरु मात्र चिनिन्थे । धर्मको बारेमा केही थाहा नभएका र राजाका आसेपासे मात्र धार्मिक गुरु गनिन्थे । उनीहरुको इच्छा अनुसार समाज चलाइन्थ्यो । वास्तविक हिन्दु धर्मालम्वीहरु चाहि यिनीहरु भनेका मण्डले मात्र रहेछन् भनेर दिक्क बने  । हिजोको दिनमा मण्डलेहरु हिन्दुको नाममा एकछत्र राज गरेर समाजमा बसेका थिए । उनीहरु जादैमा के भयो त ठीक नै भयो भनेर जनताहरु अहिले चुप बसेको अवस्था हो ।

विश्व हिन्दु महासंघलाई  दरवारले नै दिशा निर्देश गरेकोले जनताहरु हिन्दु धर्मका संस्था जति राजावादी हुन् र हिन्दु राष्ट्र पनि राजाकै अवषेश हो, त्यो जादैमा के भयो र राम्रै भयो भनेर सन्तोषको श्वास फेरेको अवस्था हो । नेपाल र भारतका हिन्दु धर्मावलम्वी बीचमा पनि अलि फरक छ । भारतमा हिन्दु माथि केही हुने वितिकै आगो बालिन्छ, तर नेपालमा सद्भाव कायम गदै शान्तिपूर्वक कार्यक्रम गरिन्छ । झन्डा, दन्डा र गोलीदण्डा लिएर यहाँ धर्म स्थापना गर्न आउ भनेर कसैले हिड्दैन । हिजो दरवारबाट अवसर दिएकाहरु हिन्दुका नाममा पार्टी खोलेर दरवारियाको स्वार्थका अनुकूल राजनीति गर्न पनि यहाँ खोजिदै छ ।


हिन्दु राष्ट्र बचाऊ, धर्म निरपेक्षता चाहिन्न, गाइँ मार्न पाइन्न भन्ने जस्ता नारा त सडकका मुख्य चोकमा नै देखिन्छ नि ?

हिन्दु राष्ट्र हुनु पर्दछ भनेर केही राजनीतिक पार्टी पनि जन्मिएका छन् । कतिपय पुराना राजावादी पार्टीले राजनीतिक मुद्धा केही नपाएर पनि हिन्दुको नाममा राजनीति गर्न खोजिरहेका छन्, तर उनीहरुलाई जनताले चिन्नेछन् । असल नेता र राजनीतिज्ञले संघीयता र धर्म निरपेक्षताले त देश बर्वाद हुन्छ भन्ने गरेकै छन्, त्यो राम्रो हो । तर यहाँ राजा फर्काउन हिन्दुका नामबाट राजनीति पनि गरिरहेको पाइन्छ । कतिपय ठूला पार्टीका नेता समेत धर्म निरपेक्षता नबुझिकनै स्वीकार गरेर बसेको अवस्था पनि छ ।


भारतले नेपाललाई भारत बर्षकै रुपमा हेर्दछ, अर्थात एउटै देश ठान्छ । अहिले नेपाल हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनेकोमा भारतका हिन्दुहरु खिन्न देखिन्छन् । भारतले नेपालमा आफ्नो स्वार्थका लागि हिन्दु राष्ट्र बनाउनका निम्ति त यत्रो भूमिका खेलेको हैन ?

नेपाल भारत बर्ष र जम्बु दीपमा पर्ने कुरा शास्त्रमा पनि उल्लेख छ । भारत सरकारले आफै यसमा भूमिका कहिल्यै खेलेन । भारतका हिन्दुहरु नै नेपाली हिन्दु प्रति साहनुभूति राख्छन्, त्यो भारत जादाँ पनि मैले अनुभव गरेको छु । नेपाल हिन्दु राष्ट्रबाट धार्मिक निरपेक्ष बनेकोमा हामी भन्दा भारतीय हिन्दुहरु नै बढी चिन्तित देखिन्छन् । पशुपतिमा जुन किसिमले पुजारी माथि हमला भयो भारतले नै पशुपति माथि राजनीति नगर भन्यो । माओवादीले नेपालको हिन्दु धर्म र संस्कार अनि संस्कृतिमा हमला गरे पछि त्यस विरुद्ध भारतले हस्तक्षेप गरेकै हो । भारतले आफ्नो अधिनमा राख्ने विभिन्न खेल अनुसार मधेशलाई टुक्राउन खोजे पनि हिन्दु राज्यको रुपमा नेपाललाई पनि आफ्नो देशमा गाभ्ने संम्भावना देखिन्न ।

पृथ्वीनाराण शाहले पहिले पनि भनेका थिए उत्तर तिर चीन र दक्षिणमा भारत हाम्रा ठूला शत्रु हुन् । हिजो सिक्किमका नडुप दोर्जे र प्रधानमन्त्री नरबहादुर भण्डारी पनि उनीहरुले सिक्किमलाई कमजोर बनाउन ल्याएका थिए । अहिले पनि नेपालमा बाबुराम भट्टराई र शरद् सिंह भण्डारीलाई त्यसै गरि सरकारमा ल्याएका छन् । भारतले आफ्नो स्वार्थ पूरा गर्ने इच्छा हो भने नेपालमा जसरी पनि सक्छ ।  राजा महेन्द्रले पञ्चायत कालमा १४ अञ्चल र ७५ जिल्ला कायम गरि संघीयतामा नजाने निर्णय गर्नु पनि राष्ट्र जोगाउने एउटा बुद्धिमतापूर्ण निर्णय थियो ।


धर्म निरपेक्ष बनेपछि सरकारले क्रिश्मस लगायत विभिन्न जात र धर्मालम्वीको पर्वमा पनि विदा दिने चलनको सुरुवात गरि सबैको अस्तित्वलाई स्विकार्ने काम भो नि त । यसलाई पनि नराम्रो भन्ने ?

त्यो चाहि राम्रो हो । यो पहिले नै गर्नु पर्ने थियो । सवैलाई समान व्यावहार गरिनु पर्दथ्यो ।  हामी समानता विरोधी होइनौ । हिजो असमान व्यवहार राज्यले गर्दा हिन्दु प्रति वितृण्णा उत्पन्न भएको पक्कै हो । आफ्नो पर्व मनाउन पाउनु सबैको अधिकार  हो । समाजमा सहिष्णुता कायम गराउन पनि यसले सहयोग पु¥याउँछ ।

गाई मार्ने र सजाय नहुने क्रम बढिरहेको छ भन्दै विरोध गरिरहनु भएकोछ ।   तर यसमा हिन्दु धर्मका सत्ताधारीले फसाइएको हो भनिदैछ कुरा के हो ?

हिन्दुको प्रतीक गाइँलाई मारेर समाजमा उश्रृङखल व्यवहार गरिदै छ । धर्म र परम्परागत संस्कारलाई आक्रमण गरिदै छ, त्यो एउटा डिजाइन भित्रकै कुरा हो । माओवादी यस अगाडि नै यस्तो कामको सुरुवात ग¥यो । गाइँलाई राष्ट्रिय जनावर पुनः संविधानमा उल्लेख गरि हिन्दुको अतित्व जोगाउनु पर्छ । गाई बध गर्ने उपर कारर्वाही गरिनु पर्छ ।

प्रस्तुति ः गोविन्द लुइँटेल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %