नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति महिला राष्ट्रिय भेलाको तयारी गरेको छ । भेलामा सहभागिताका लागि पुस ११ गते महासंघको ललितपुरस्थित कार्यालयमा वैठक बोलाइएको छ ।
वैठकमा जनजाति महिला संगठनका अध्यक्ष महासचिवलाई आमन्त्रण गरिएको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिए । महिला भेलाको तयारीमा जुटे पनि भेला हुने मिति भने अझै तय हुन नसकेको शेर्पाको भनाई छ ।
