बुद्धसम्बन्धित २५ सय वर्ष पुरानो अक्षर फेला

Read Time:4 Minute, 38 Second

भगवान गौतम बुद्धको मावलीस्थल देवदहको कन्यामाईमा दोश्रो पटक उत्खनन् गर्दा प्राचिन लिपि ईनार तथा बुद्ध संग सम्वन्धीत ताराको मूति भेटिएको छ । प्राप्तलिपि नेवारी लिपि संग मिल्दोजुल्दो रहेको भएपनि कहिलेको र केसंग सम्वन्धीत रहेको भन्ने कुरा अध्ययन पछिमात्र यर्थात जानकारी हुने पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले बताए ।

हाल सम्म भेटिएका लिपिहरुमा पच्चिस सय वर्ष पहिले राजा अशोकले र १२ सय वर्ष पहिले रिपुमल्लले मात्र अक्षर लेखेको भेटिएकोले दुई मध्ये एक हुन सक्ने पुरातत्वविद् दर्नालले बताए । उत्खनन् गर्दा प्राप्त भएको ईनार हाल सम्मको ठूलो भएको र ईनारको भित्ता झण्डै डेढ मिटररहेकोले धेरै पुरानो हुन सक्ने दर्नालको भनाई छ । उत्खनन गर्दा प्राप्त भएका बौद्ध धर्मसंग सम्वन्धीत वस्तुहरु  मात्र भेटिएकोले बुद्धको मावली देवदह क्षेत्र नै हुन सक्ने दर्नालको अनुमान छ ।

देवदह क्षेत्रमा उत्खनन गर्नु पर्ने धेरै ठाउँहरु रहेकोले निरन्तर उत्खनन गर्नु पर्नेमा जोड दिए । उत्खनन् क्षेत्र केसंग सम्वन्धीत छ भनेर प्रतिवेदन तयार गर्न लामो समय लागेपनि विश्वलाई मान्य हुने प्रतिवेदन दिने दर्नालले बताए । एक सय वर्ष भन्दा पहलेनै भगवान गौतम बुद्ध जन्मेको लुम्विनी र शाक्य वंशको राजधानी कपिलवस्तु पत्ता लागेर  महत्व पूर्ण कामहरु भएपनि भगवान गौतम बुद्धकी आमा पालनपोषण गर्ने गौतमी र धर्मपत्नि एशोधरा जन्मेको देवदह भने ओझेलमा परेको बताए  ।

उत्खनन् कार्य छिटो गर्नका लागि जिओ फिजिकल सर्भे  जमिनको एक्सरे गर्ने यन्त्र प्रयोग गरेर जमिन मुनिभएको पुरातात्तिक वस्तु पत्ता लगाई उत्खनन् कार्य गर्दा काम छिटो गर्न सकिने बताएका छन् । जिओ फिजिकल सर्भे गर्ने यन्त्र नेपालमा नभएको हुँदा यसको व्यवस्था सम्वनधीत निकाएले गर्न आवश्यक छ ।

उत्खनन् गर्दा प्राप्त भएका वस्तुहरु अध्ययनको लागि पुरातत्वविद्हरुसंग  रहने र अध्ययन गरी प्रतिवेदन तयार भएपछि फिर्ता गर्ने लुम्विनीका पुरातत्वव्दि हिमाल उप्रेतीले बताए ।  उत्खनन्को क्रममा प्राप्त वस्तुहरुको संरक्षण तथा सम्वद्र्धन गर्न लुम्विनी विकास कोषको मात्र भर नपरेर स्थानीय प्रशासन र नागरिकहरुले पहल गर्नु पर्नेमा जोड दिए ।

कन्यामाई बैरीमाई संरक्षण समितिले उत्खनन् क्षेत्रमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हिरा बहादुर खत्री नेकपा एमालेका जिल्ला सदस्य धुव्र खरेल एकिकृत माओवादी देवदह इन्चार्ज कृष्ण ढकाल लगायतले बोल्दै देवदह क्षेत्रको उत्खनन् कार्यमा प्राप्त भएका वस्तुहरु स्थानीय स्तरमा नै संग्रालय निर्माण गरी संरक्षण र सम्वद्र्धन गरी देवदह क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनु पर्नेमा जोड दिए । उनीहरुले संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा सम्पूर्ण राजनैतिक दलहरु एक जुट रहेको बताए ।

संरक्षण समितिका अध्यक्ष मन कुमारी कापुलेको अध्यक्षता बैरीमाई जनकल्याण क्लवका रामप्रसाद देवकोटाको स्वागत र हिमलाल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति/देवदह,रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %