कपिलवस्तु जिल्ला अदालतको फैसला सुनेपछि रुपन्देही सिद्धार्थनगर-६ का देवनारायण थारुको मृत्यु भएको छ । पुस १८ गते अदालतको फैसला सुनेपछि कपिलवस्तु कारागारभित्रै थारुको मृत्यु भएको हो ।
थारुलाई मानव बेचविखन तथा ओसारपसारको आरोपमा मुद्दा चलाइएको थियो । कारागार प्रशासनले थारुको मृत्यु ह्रदयघातबाट भएको बताएको छ । उनी गत साउन १ गते पक्राउ परेका थिए । थारुलाई अदालतले २० वर्ष कैद तथा रु दुई लाख जरिवानाको फैसला सुनाएको छ ।
