नेवाःखल कास्कीको आयोजनामा आगामी पौष २३ गते पोखरामा हुने मिस नेवाःका प्रतिष्पर्धीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । प्रशिक्षणमा रहेका अन्तिम २२ नेवाः सुन्दरीहरुले पुस १८ गते नृत्य, कविता, नेवार सँस्कृतिवारे उद्घोषण गायन नेवारी बाजा वजाउने तथा हस्तकला लगायतका आ-आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका हुन् ।
नेवा खल कास्कीका अध्यक्ष प्रकाशमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा मिस नेवा मुल आयोजक समितिका संयोजक निराजन श्रेष्ठले मिस नेवाः प्रतियोगिता सुन्दरताको लागि मात्र आयोजना नगरेको भन्दै नेवारी संस्कृति संरक्षण र सवद्र्धनमा युवा पुस्तालाई सचेत गराउनको लागि आयोजना गरेको वताए ।
त्यस्तै १९ गते फेवा पि्रन्स पोखरामा पि्र जजिङ्ग राउण्ड अर्थात प्रारम्भिक मूल्याङकन गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिए । सोही दिनको मूल्याङकनको आधारमा विभिन्न टाईटलको छनौट गरिने उनले बताए । १९ गते नै अन्तिम प्रतियोगिहरुले वेस्ट पस्रनालिटी तथा फोटोसेसन पनि गर्नेछन् ।
यसैबीच मिस नेवाः २०६८ को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । नेवारी यूवतीहरुलाई जातीय संस्कृति र परम्परा बारे जानकारी गराई नेवार समुदायलाई समेत गोलबद्ध र एकताबद्ध गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेवा खलः कास्कीले जनाएको छ ।
बिभिन्न प्रायोजक मार्फत सहयोग खोजेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम नेवाः खलःको सांस्कृतिक कृयाकलाप एवं भौतिक संरचना निर्माणका लागि खर्चिने जनाईएको छ । मिस नेवाः२०६८ का बिजेता एवम् उप बिजेतालाई नगद सहित बिभिन्न आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सन्देश श्रेष्ठ/पोखरा
