नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी संस्थागत नहुँदै सुदूरपश्चिम शक्तिवाहिनी नामक क्षेत्रीय नामक पार्टी घोषणा गरिएको छ । केन्द्रीय राज्यसत्ताले सुदूरपश्चिमलाई विभेद र अन्याय गरेको भन्दै आफूहरुले भूमिगत क्षेत्रीय पार्टी गठन गर्नुपर्ने केन्द्रिय अध्यक्ष शक्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक उद्देश्यका साथ गठन भएको भए पनि दलले हाल भूमिगतरुपमा आफ्ना गतिविधिहरु साचालन गरिने विज्ञप्तिमा उल्लेख छ । अधिकारका लागि खोलिएको बताइए पनि पछिल्लो समय खुलेका अधिकाँश पार्टीहरु कुनै न कुनै शक्तिकेन्द्रले प्रायोजित रुपमा सन्चालन गरिरहेको सन्दर्भमा यो पनि शंका मुक्त भने छैन ।
