
सूर्यकुमार सारु मगर
राष्ट्रिय यातायात व्यावसायी परिषदका केन्द्रिय इन्चार्ज सूर्यकुमार सारु मगर सिद्धार्थ यातायाात व्यावसायी समितिको महासचिवमा निर्वाचित भएका छन् । पुस १७ गते विहान समितिको १९ औं महाधिवेशनको मतगणना अनुसार सारु मगरले १५६ मत ल्याएका थिए । ५७ मतले विजयी महासचिव सारु मगरका निकटतम प्रतिद्वन्द्वी दीपककुमार श्रेष्ठले ९९ मत ल्याए ।
राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषद सदस्य समेत रहेका महासचिव सारु मगर २०६६ मा सम्पन्न समितिको १८ औं अधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । समितिको अध्यक्षमा दीपकराज शर्मा, कोषाध्यक्षमा शियाराज यादव, महिला सदस्यमा गितादेवी पाण्डे, लेखा संयोजकमा दीपेन्द्रकुमार श्रेत्री, लेखा समितिका सदस्यहरु किशोर थापा मगर, कुलप्रसाद गैरे निर्विरोध भएका छन् ।
चुनावबाट निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष मणीलला खरेल १२९, उपाध्यक्षद्वयमा हरिप्रसाद काफ्ले १४१ र रामबहादुर पौडेल १४३, सचिवमा भीमबहादुर क्षेत्री १३७, सहसचिवद्वयमा धनबहादुर गुरुङ्ग ८९ र अक्षयलाल प्रकाश बाह १०६ मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी निर्वाचित सदस्यहरु इसरा अहमद १२८, रणबहादुर क्षेत्री १०३, सोनउला मुसलमान १०३, अर्जुन थापा मगर १०२, ऋषी जैसवाल ९९, मोहन थापा ९६ र थमन जिसी ९६ मत प्राप्त गरेका छन् ।
दीपकराज शर्माले चुनावी प्यानल बनाएपछि सूर्यकुमार सारु मगरले अर्को प्यानल बनाएर निर्वाचन लडेका हुन । समितिको १९ औं महाधिवेशन र २३ वार्षिक साधारणसभा संयुक्त रुपमा सम्पन्न भएको छ ।
