राज्यसत्ता सहकर्मी पचभैयाद्वारा पुरस्कार ग्रहण

Read Time:2 Minute, 33 Second

सचार माध्यमवाट दलित समुदायका सवाललाई प्रकासन तथा प्रशारण गर्दै आएको मा   राज्यसत्ता डटकमका सहकर्मी तथा श्रीनगर एफएम पाल्पाका स्टेशन म्यानेजर देब पचभैयालाई जागरण मिडिया सेन्टरले पहिलो पटक जागरण राष्ट्रिय पत्रकारिता पुरस्कार २०१० ले सम्मान गरेको छ । पुस १५ गते काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि अर्थमन्त्री बर्षमान पुनले १५ हजार नगद र कदरपत्रले सम्मान गरेका हुन ।

बिगत १० बर्ष यता सकि्रय रुपमा पत्रकारीता गर्दै आएका पचभैया हिमाल खबरपत्रिका, एन्टेना फाउण्डेशन नेपाल लगायतका संचार माध्यमसम्बद्ध सन्चारकर्मी हुन । पचभैयाले नेपाल जनजाति पत्रकार संघ पाल्पाको अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।


पचभैयासँगै जागरण मिडिया सेन्टरले नयाँ पत्रिका डोटी सम्वाददाता मिलन परियार  र कान्तिपुर टेलिभिजन काठमाण्डौका प्रकाशचन्द्र परियारलाई पनि पुरस्कृत गरेको छ । देशभरका पत्रकारहरुको समाचारका आधारमा ३ जना पत्रकारलाई  पुरस्कार वितरण गरिएको छनोट समितिका संयोजक किशोर नेपालले जानकारी दिए ।

प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनले जातीय विभेदका विभिन्न घटनाहरु भइरहेको अवस्थामा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ को प्रचार प्रसार गर्न आबश्यक रहॆको धारणा राखे । कार्यक्रममा सभासद् बिनोद पहाडी, सचार मन्त्रालयका सचिव श्रीधर गौतम, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष किशोर नेपाल, नेपाल पत्रकार महासंघका महासचिव ओम शर्मा, महासंघ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाई, महासंघ ललितपुर शाखाका अध्यक्ष पुर्णिसंह बराईली र जागरण मिडिया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले मन्तब्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %