पाल्पालीले सभासदसँग संविधान मागे

Read Time:2 Minute, 46 Second

पाल्पामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सभासदहरुलाई अन्य कार्यक्रममा समय खर्चिनु भन्दा संविधान बनाउनेतर्फ लाग्न आग्रह गरेका छन् । नेपाल कानून समाज पाल्पाले समानता र समावेशीका लागि नयाँ संविधान विषयक जिल्लास्थित सरोकारवालाँग पुस १६ गते तानसेनमा महिला सभासदसँग गरेको अन्तरकि्रयका सहभागीहरुले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी हुन  सभासदहरु  उषाकला राई दामा शर्मा नारायणी शर्मा घिमिरे र महम्द सिद्धीकी सहभागी थिए । जिल्लाका विभिन्न स्थानबाट आएका महिलाहरु तथा जिल्ला स्थित राजनीतिक दलका नेता तथा प्रतिनीधीहरुले सभासदहरु संविधान बनाउन भन्दा पनि विद्यालयका बार्षिक उत्सव मोटरबाटो उद्घाटनमा ब्यस्त भएको भन्दै  संविधान निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरेपछि पाल्पालीहरुको आग्रहलाई सदनमा राख्ने सभासदहरुले बाचा गरेका छन् ।

एनेकपा माओवादी पाल्पाका इन्चार्ज बसन्त शर्मा कुशलले महिलाहरुको अधिकार सुनिश्चित गर्न महिला सभासदहरुले सदनमा जोडदारका साथ कुरा उठाउन आग्रह गरे । नेपाली कांग्रेसका बिनोद कार्कीले महिलाहरुको समस्या सदन र पार्टीमा उठाउन सभासदहरुसँग आग्रह गरे ।

एमालेका नारायण जिसीले अदालतले दिएको आदेशको पालना गदै जेठ १४ मा नै संविधान निर्माण गर्ने गरी काम अगाडि बढाउनु पर्नेमा जोड दिए । रापप्राका डुलबहादुर कुँवरले सभासदहरु संविधान निर्माणमा भन्दा सरकार निर्माणमा केन्द्रित हुने गरेको बताउदै सभासदलाई म्याद गुजि्रएको औषधीको संज्ञा दिए ।

कार्यक्रममा पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी लगायतले संविधान निर्माण गर्न दुई वर्षका लागि भनेर पठाएका सभासदलाई चार वर्ष लगाउने अधिकार बसाली दियो भन्दै एनजिओ र आइएनजिओको काममा समय खर्चन नहुनेतर्फ ध्यान आर्कािषत गराए ।

देव पचभैया\पाल्पा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %