तमु ल्होसारको सम्झना विस्रना

Read Time:2 Minute, 56 Second

तमु गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमू ल्होसार पर्व धुमधामका साथ मनाएका छन् ।  काठमाडौंमा पुस १५ गते आयोजितल्होसार पर्वको अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेस नेता डा रामशरण महत, एमाले नेता पर्शुराम मेघी गुरुङले ल्होसार पर्व गुरुङहरुको मात्रै नभइ आमनेपालीको भएको बताए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा गणेशमान गुरुङले ल्होसार पर्वले भ्रातृत्वको सन्देश फैलाएको र नेपाल र नेपालीको पहिचान स्थापित गरेको बताए ।


नयाँवर्षका रुपमा ल्होसार पर्व नेपालमा तामाङ सेर्पा थकाली जिरेल भोटे दुरा लेप्चालगायतका जातिहरुले मनाउने गर्दछन् । गुरुङ समुदायले आज पुस १५ गते तोला ल्होसारका रुपमा तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रुपमा तथा सेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । ल्हो भन्नाले वर्ष र सार भन्न्ााले नयाँ भन्ने अर्थमा बुझ्ने गरिन्छ । यो वर्ष गुरुङ जातिले बिरोलो वर्ष विदाई गरेर गरुड वर्षका रुपमा स्वागत गर्दैछन् । राम्रो लगाउने र मिठो खाने यो सांस्कृतिक पर्व नेपालको अलावा चीन सिङ्गापुर मङ्गोलिया भारत थाइल्यान्ड भियतनाम भुटान लाओस म्यान्मार जापानलगायत देशमा मनाउने गरिन्छ ।

तमु ल्होसारका अवसरमा प्रधानसेनापति छत्रमानिसंह गुरुङलाई चितवनमा सम्मान गरिएको छ ।तमु ह्यूल छोज् धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति चितवनले तमु समुदायबाट सेनाको उच्च पदमा पुगेको भन्दै प्रधानसेनापति गुरुङलाई सम्मान गरेको हो । प्रधानसेनापति गुरुङ्गलाई आदिवास जनजाति सभासदसभा ककसका संयोजक पृथ्वी सुब्बा गुरुङले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन ।  

यसवीच धादिङ्ग, पोखरा, रुपन्देही, नवलपरासी, इटहरीमा पनि धुमधासँग ल्होसार मनाएको त्यहाँस्थित राज्यसत्ता डटकमका संवाददाताहरुले जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %