तमु ल्होछारको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले देश विदेशमा रहेका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसार २०६८ को अवसरमा राष्ट्रपति डा यादवले पुस १५ गते दिएको शुभकामना सन्देशमा हिमाल, पहाड र तराइ मधेसमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा यस्ता राष्ट्रिय पर्वहरुले सहयोग पुर् याउने भन्दै यसलाई हर्षोल्लासका साथ मनाउँदै आएको स्मरण गराए । राष्ट्रपति डा. यादवले देशका सबै चाडपर्व भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्न यस पर्वले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।
उपराष्ट्रपति परमानन्द झाले पनि ल्होछारको अवसरमा शुभकामना सन्देश दिएका छन् । विभिन्न संस्कृति चाडपर्व एवम् मौलिकताले भरिएको हाम्रो देशका विभिन्न चाडपर्वमध्ये तमु ल्होसार गुरुङ जातिमाझ लोकपि्रय चाडको रुपमा रहेको उपराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख शान्ति र समृद्धिका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होछारको अवसरमा राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको शुभकामना
Read Time:1 Minute, 53 Second
