
पोखरेली तमुहरुले पहिलो पटक पोखरा प्रदर्शनी केन्द्रमा संयुक्त रुपमा आयोजित मुपि्र ल्होछार मेला शुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा मंसिर १३ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराइले मेलाको उदघाटन गरेका हुन ।
हिल्हो(बिरालो वर्ग)को विदाइ र मुपि्रल्हो(गिद्ध वर्ग) आगमनको अवसरमा आयोजित मेला उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले उत्पिडित तमु जातिले आत्मनिर्णयको अधिकार र स्वायत्तता सहितको संविधान प्राप्त गर्ने बताए । कार्यक्रमका प्रमख अतिथी भटराइले संक्षिप्त मन्तव्य व्यक्त गर्दै जातिय क्षेत्रिय स्वायत्तता सहितको संविधान जेठ १४ भित्र निर्माण हुने उल्लेख गरे । केवल ५ मिनट मात्रै कार्यक्रमस्थलमा रहेका प्रधानमन्त्री भट्राईले तीन मिनेट भाषणगरेका थिए ।
कार्यक्रममा ल्होछार शुभकामना मन्तव्य व्यक्त गर्दै सभासद अमर तमुले आदिवासी जनजातिका अधिकार प्राप्ति नभएसम्म आदिवासी जनजाति सभासदसभा ककस लडिरहने वचनबद्धता जाहेर गर्दै तमुवान संविधानमा लेख्नका लागि दवावको आवश्यक रहेको बताए । उनले संविधानसभालाई चुनौती दिने अर्को शक्ति केन्द्र स्थापना गरेर फेरि निरंकुशता जन्मन थालेको धारणा राखे ।
अर्का सभासद राजकाजी तमु करणले नयाँ संविधान निर्माणसँगै जातीय क्षेत्रिय आत्मनिर्णयको अधिकार सहितको तमुवान स्थापित हुने ठोकुवा गरे । नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषदका अध्यक्ष पानबहादुर घर्तीले नयाँ बन्ने संविधानमा आदिवासीको पहिचान स्थापित हुनु पर्ने र पहिचान हटाउन खोजे वा तमुवान प्रदेश घोषणा हुन नदिए शसक्त प्रतिवाद गर्न तमुहरुलाई साथ दिने घोषणा गरे ।
मेला आयोजक समितिका संयोजक तथा तमु िधं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, बौद्ध अर्घौ सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष झम तमु, तमु िधं युकेका नेपाल संयोजक मेजर लक्ष्मी प्रसाद तमु, ङ्योए तमु िधंका अध्यक्ष जंगबहादुर तमु, तमु ह्युला छोंज िधंका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर तमु, लोकतान्त्रिक तमु संघका ईिजनियर देउकाजी तमु, तमु राष्ट्रिय मुक्ति मोर्चाका धर्म तमु देविराज तमु, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उदघाटन समारोहमा दुधपोखरी तमु समाज बाँझापाटन, तमु समाज नौलो सम्झना, तमु समाजले छ्याँडु नृत्य प्रस्तुत गरेका थिए भने आँधीखोला तमु समाजले घाँटु नृत्य प्रस्तुत गरेका थिए । यसैगरी फत्तबहादुर तमुको अगुवाईमा कराँते खेलाडीहरुले १५ सय वर्ष पुरानो जापानी तरवार खेल कृष्ण लामा, नविन आचार्य, सुष्मा तमु, संगीता लामा, नरेश अधिकारी लगायतले कराँते काता बुन्काई प्रस्तुत गरेका थिए । 
मेलामा गुरुङ फिल्म एशोसियसनको संयोजनमा तमु प्ये ल्हु संघ युवा समिति अभियान फिल्मस्को धी चलचित्र युनिट गण्डकी तारा मनोज तमु भ्वाइस अफ पोखरा सोनम तमु सराङकोट तारा सरण तमु दोहोरी गायक पदमबहादुर तमु शंकर बिरही तमु सविना तमु कृष्णा तमु लगायतको टोलीले साँस्कृतिक प्रस्तुति गरेका थिए । यसअघि मेलाको उद्घाटन कार्यक्रममा सहभागी हुन भोलि पोखराको चिप्लेढुंगा सिर्जनाचोक र रंगशालागेट अगाडिबाट झाँकी बाजागाजासहित र्याली निकालिएको थियो ।
मेलामा तमु लगायत आदिवासी जनजातिका खानाका परिकार भेषभुषा लगायत मौलिक पहिचान झल्किने स्टलहरु राखिएको छ । संयुक्त मुपि्र ल्होछार मेलाले तमु एकता तमु पहिचानको संरक्षण नयाँ संविधान निर्माणका लागि दवाव र तमुवान स्थापनाका लागि टेवा पुग्ने दावी आयोजकले दावी गरेको छ ।
हुम तमु\पोखरा
