मनवीर सुनार
सुनार भएकै कारणले कालीकोटमा हत्या गरिएका मनवीर सुनारका परिवारलाई सरकारले रु १० लाख दिने भएको छ । पुस १२ गते बसेको मन्त्रीपरिषदको वैठकले पीडितका परिवारलाई राहत दिने निर्णय गरेपनि हत्यारालाई कारवाही गर्ने विषयमा भने कुनै प्रतिबद्धता जनाएको छैन । गाई गोरु पिट्ने दलित जनजातिलाई भकाभक पक्राउ गरेको सरकारले निर्दोष सुनारको हत्यारालाई कारवाही गर्न भने अझै आवश्यक ठानेको छैन ।
आदिवासी जनजाति र दलितहरुको कडा दवावपछि बल्लतल्ल छुवाछूत जस्तो सामाजिक अपराधका विरुद्ध जनचेतना अभिवृद्धि गर्न विशेष अभियान साचालन गर्न सरकार बाध्य भएको छ । चौतर्फी दवावपछि सरकारले प्रधानमन्त्री कार्यालयमा विशेष संयन्त्र खडा गरिने भएको हो । तर यो संयन्त्र पनि दलितको नाममा गैरदलितले सरकार ढुकुटी रित्याउने माध्यम हुन्छ कि कार्यान्वय पनि गर्छ त्यो भने हेर्न बाँकी छ ।
कथित दलीत भएकै कारण सुनार मारिएपछि संसदमा घमासन
गाई पिट्नेलाई जेल हाल्ने सरकारले हत्यारालाई कारवाही नगरेपछि बागलुङ्ग बन्द
दलित भन्दै शाहीद्वयद्वारा हत्या
