राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको तेस्रो महाधिवेशन आगामी चैत २५, २६ र २७ गते हुने भएको छ । मोर्चाको बुटवलमा माघ १२ गते सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन रुपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको हो । बैठकले सवै खाले भ्रष्टचार विरुद्ध युवालाई संगठित गरी भ्रष्टचार निर्मुल पार्ने अभियानमा अग्रसर हुने, युवाहरुलाई राजनीतिक रुपमा सचेत गर्ने, बहुजातीय लोकतान्त्रिक समाजवाद स्थापना गर्ने, युवाहरुलाई जनमुक्ति विचारधाराको मुलधारमा ल्याई नेपाली जनतालाई देशको मालिक बनाउने लगायतको ४० सूत्रीय प्रस्ताव पनि पारित गरेको अध्यक्ष राजेन्द्र राईले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
यसैवीच बैठकले केन्द्रीय सदस्य कुमार सुस्लिङ्गलाई मोर्चाको केन्द्रीय सदस्यबाट निस्कासन गरेको छ । मोर्चाको आचार संहिता विपरीत काम गर्दै हिडेको भन्दै सुस्लिङ्गलाई कार्वाही गरेको महासचिव सुन्दर गुरुङ्गले बताए । बैठक महासचिव गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।
गोविन्द घर्ति/बुटवल
