म्याग्दीबासीले एम्बुलेन्सका लागि पचास लाख सहयोग गरे

Read Time:6 Minute, 35 Second


म्याग्दी जिल्लाबाट बेलायत आई बसोबास गरेकाहरुले जिल्लामा २ वटा एम्बुलेन्स किन्न करीब पचास लाख रुपैंया संकलन गरेका छन । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० बेलायतले शनिबार फार्नबरोस्थित ओकफार्म कम्युनीटि स्कुलमा गरेको च्यारीटि कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करीब ५० लाख रकम संकलन भएको जानकारी दिइएको थियो । विशेष गरी म्याग्दीको विकासका लागि म्याग्देलीहरुले नै सहयोग गरेका थिए । म्याग्दी जिल्लाभरीबाट बेलायत आएका तिनसयबढिको सहभागिता रहेको कार्यक्रममा धेरै म्याग्दीबासीहरुले दिल खोलेर सहयोग गरे ।
मोनाका अध्यक्ष योग कुमार फगामीको सभापतित्वमा भएको च्यारीटि डिनर कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालीसे गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै राजदुत चालीसेले जिल्लाका लागि म्याग्देलीहरुको अपार सहयोग रहेको बताए । जिल्लाका हरेक विकास निर्माणका क्रममा प्रवासी नेपालीहरुको सहयोग रहेको बताउंदै चालीसेले यस्तो मानविय र पवित्र कार्य गर्ने मोना युकेलाई धन्यवाद दिए ।
च्यारीटि डिनरको आकर्षक रहेका रसमोर बरो काउन्सीलका मेयर एलेक्स क्राउफोर्डले म्याग्देलीहरुको शाहसमाथि इटा थपे । कार्यक्रममा बोल्दै क्राउफोर्डले भने ( म तपाईहरुको खुशीमा मेरो खुशी साट्न चाहन्छु । आफु मेयर भएपछि रसमोर क्षेत्रका नेपालीहरुको सेवामा धेरै सक्रिए रहेको जनाएका क्राउफोर्डले कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करीब चालीस हजार नेपाली रुपैंया सहयोगको घोषणा गरे । अर्को बर्ष श्रीमती सहित नेपाल भ्रमण गर्ने सोच बनाएका उनले म्याग्दी गएर एम्बुलेन्स हेर्ने चाहना रहेको बताए । यो पवित्र कार्यमा सहयोग गर्न पाउंदा खुशी लागेको बताउंदै एलेक्सले गोर्खाली परिवारको सहयोगका लागि सरमोर क्षेत्रमा करीब एक करोड पचास लाख पाउण्ड विनियोजन गरीएको जानकारी दिए ।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले प्रवासी नेपालीहरुले बिदेशी भुमिबाट स्वदेशको गुण तिर्ने प्रयासप्रति सह्राना व्यक्त गरे । आचार्यले यस्तो मानवीय काममा मनोबल बढाउन सबैसंग आग्रह गरे ।
एम्बुलेन्स प्रोजेक्टका लागि करीब पाचास हजार बढि सहयोग गर्ने नेपालीहरुलाई राजदुत डा सुरेशचन्द्र चालीसे, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, मेयर एलेक्स र अध्यक्ष फगामीले सम्मान गरेका थिए । दानबीर म्याग्देलीहरुको सहभागिता रहेको च्यारीटिमा करीब तिसभन्दा बढि व्यवसायी तथा गोर्खालीहरुले जनही एकलाख रुपैंया सहयोग गरेका थिए । म्याग्दीको विकासका लागि म्याग्देलीहरु नै भन्ने पवित्र भावना रहेका म्याग्दीवासीहरुले एकलाख पचास हजारसम्म सहयोग दिए ।

कार्यक्रम संयोजक एवं मोनाका सल्लहकार दुत पुनले म्याग्दी हामी सबैको भएकोले अझ धेरै सहयोग गर्ने चाहना रहेको बताए । धन, मन, शाहस र रुप भएकालाई सहयोग गर्न आग्रह गर्दै उनले सहयोगीहरुप्रति आभार प्रकट गरे ।

मोनाका संरक्षक लिलामान शेरपुञ्जाले बेलायतमा रहेपनि म्याग्दीका प्रतेक गाविस स्मरणीय रहेको जनाए । उनले जिल्लाका गरीव जनतालाई राहात दिने चाहना छिट्टै पुरा हुन लागेको बताए ।
कार्यक्रममा उपाध्यक्ष कमल पुर्जाले एम्बुलेन्स प्रोजेक्ट राम्रोभए पनि धेरै कठिनाइ भएको बताए । नेपालीको नाताले नेपालीलाई सहयोग गर्नुपर्ने बताउंदै पुर्जाले नेपाल सरकारले पनि यसलाई साथ दिनुपर्ने आशय व्यक्त गरे ।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष मेजर रिटायर्ड कुल बहादुर थापाले म्याग्दीबाट बेलायती सेनामा भर्खरै प्रमोशन पाएका तथा बहादुरी कमाएकाहरुलाई सम्मान गरेका थिए ।
सहयोगको एम्बुलेन्स एकचालीस गाविस रहेको म्याग्दीका दुर्गम गाउं दरभाङ र भुरुङ तातापानी गाविसमा रहने छ । एम्बुलेन्सको मर्मत संभारका लागि अक्षयकोष खडा गरीने मोनाले जनाएको छ । एम्बुलेन्सको अन्य जिम्मा भने  रेडक्रसलाई दिने अध्यक्ष फगामीले जानकारी दिए ।

कार्यक्रममा संस्थापक संयोजक प्रवेश केसी, तेज प्रकाश पुन, निल पुन लगायतले मन्तव्य दिएका थिए । सचिव भिम पुनले कार्यक्रम अवधिभर स्टेज सम्हालेका थिए भने प्रियंका पुन, कुसुम फगामी तथा मिरा फगामी, तेज राम्जाली लगायतले उनलाई साथ दिए । कार्यक्रमको अन्त्यमा स्थानीय कलाकारहरुले नाच गान गरी रमाइलो गरेका थिए ।

धर्मराज अधिकारी/बेलायत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %