नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको वैठक पुस २० गते बस्ने भएको छ । काठमाडौं कलंकीस्थित संघको केन्द्रिय कार्यालयमा वैठक आयोजना गरिएको नवनिर्वाचित महासचिव नविन रोक्का मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
महाधिवेशन लगत्तै गुल्मीको तम्घासमा पहिलो वैठक बसे पनि यसलाई पूर्ण वैठकको रुपमा हेरिएको छ । वैठकमा संघको आगामी कार्यदिशा र मगरहरुको अन्य समस्याको विषयमा छलफल हुने बताइएको छ ।
४९ सदस्यीय कार्यसमितिमा चार सिट भने अझै पूर्ण हुन सकेको छैन । काइके भाषिक उपाध्यक्ष तथा सेती कर्णाली र महाकालीका तीन सदस्य रिक्त रहेका छन् ।
सम्बन्धित समाचार
नेपाल मगर संघ केन्द्रिय समितिको २०१२ यताका सबै सदस्यहरुको नामावली
नेपाल मगर संघको अधिवेशन सम्पन्न, अध्यक्षमा थापा
