
जातीय भेदभाव तथा छुवाछुत विरुद्ध जागरण मिडिया सेन्टरले हरेक वर्ष प्रदान गर्दै आएको जागरण राष्ट्रिय पत्रकारीता पुरस्कार २०११ बाट राज्यत्ता डटकमका सहकर्मी तथा श्रीनगर एफएम पाल्पाका स्टेशन म्यानेजर देव पचभैया मगरलाई पुरस्कृत गर्ने भएको छ । वरिष्ठ पत्रकार किशोर नेपालको संयोजकत्वमा गठित छनौट समितीले सहकर्मी पचभैयालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशी रु १५ हजार नगद र कदर पत्र रहेको छ । जागरण मिडिया सेन्टरले एक महिना अघि आफुले प्रकाशन तथा प्रशारण गरेका छुवाछुट बिरुद्धका समाचार तथा रिर्पोटको प्रतिलिपि पठाउन राष्ट्रिय पत्रपत्रिका मार्फत सबैसंग आह्रवान गरेको थियो । बिगत १० बर्ष देखि पत्रकारितामा सकि्रय रहनुभएका पचभैयाले छुवाछुत बिरुद्ध समाचार प्रकाशन तथा प्रशारण गर्न महत्वपुर्ण योगदान गरेको भन्दै उनलाई पुरस्कार छनोट समितिले चयन गरेको बताएको छ । पचभैयालेले छुवाछुत एबं दलितका समस्या हरुका बारेमा एन्टेनाफाउन्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारी उज्यालो एफएमको नेपाल दर्पण कायाकैरन लगाएतबाट देशभर आवाज उठाउदै आएका छन् ।
पचभैया सहित कान्तिपुर टेलीभिजनका प्रकाश चन्द्र परियार र नयाँपत्रिका दैनिकका डोटी सम्वातदाता मिलन परियारलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यहि पुस १६ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने जागरण मिडीया सेन्टरले जनाएको छ ।
