राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्यमा थप चार जनालाई सिफारिस गरिने भएको छ । सो पार्टीको राजधानीमा जारी स्थायी समिति वैठकले पुस ९ गते यस्तो निर्णय गरेको हो ।
संघीय परिषद महासचिव केशव सूर्यवंशीका अनुसार प्रताप छिरिङ (खोटाङ), नीरबहादुर आले (नवलपरासी), भीमबहादुर राना (कपिलवस्तु) र अधिवक्त चेत आले (मोरङ)लाई परिषद सदस्यमा सिफारिस गर्ने निर्णय भएको हो । पार्टी विधानमा सदस्य थप्ने अधिकार संघीय परिषदलाई दिईएको छ । जनमुक्तिको संघीय परिषदमा ८५ सदस्य रहने प्रावधान छ । स्थायी समिति वैठक पुस १० गतेसम्म चल्ने महासचिव सूर्यवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
