पर्यटक लोभ्याउन गौतम बुद्ध पार्क बन्ने

Read Time:1 Minute, 16 Second

लुम्बिनी भ्रमण वर्षलाई लक्षित गरेर कपिलवस्तुको पुरातात्विकस्थल धनकौली गाविस-९ चेत्रादेईमा गौतम बुद्ध पार्क निर्माण हुने भएको छ । चेत्रादेई सामुदायिक वनको खाली क्षेत्रभित्र रु. १० लाखको लागतमा पार्क निर्माण थालिएको हो ।

जिल्लामा कुनै पार्क नभएको अवस्थ्मा यसले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने गरी लुम्बिनी विकास कोषले निर्माणका लागि पहल गरेको हो । यसका लागि चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले रकम विनियोजन गरेको छ ।

विश्वले लाइट अफ एसिया भनेर चिन्ने महामानव गौतम वुद्धको विषयमा प्रर्याप्त प्रचार प्रसा गर्न सके पर्यटक लोभ्याउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । नेपाललाई नै फाइदा हुने भएपनि सरकारले बुद्ध र बुद्धसम्बन्धित विकासमा उचित ध्यान दिन सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %