जनमुक्तिको स्थापना दिवस भैरहवामा

Read Time:1 Minute, 0 Second

राष्ट्रिय जनमुक्ति पार्टीले पहिलो पटक स्थापना दिवस रुपन्देहीको भैरहवामा मनाउने भएको छ । पार्टी मुख्यालय धोबिघाटमा मंसिर ९ गते बसेको स्थायी समिति वैठकले यस्तो निर्णय गरेको हो ।  
२२ औं स्थापना दिवस तयारीका लागि संघीय परिषदका महासचिव केशव सूर्यवंशीलाई संयोजकको जिम्मेवारी दिइएको छ । यसअघि सो पार्टीले राजधानीमै स्थापना दिवस मनाउँदै आएको थियो । पार्टी स्थापना भएको दिन अर्थात माघ ६ गतेलाई जनमुक्तिले पार्टी स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।
यसैवीच पार्टीमा दलित संगठन विस्तारका लागि संघीय परिषद सदस्य रामु परियारलाई संयोजक तोकिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %