आदिवासी जनजाति समन्वय परिषद कास्की भलाममा नयाँ नेतृत्व

Read Time:1 Minute, 22 Second

कास्कीको भलाम गाविसमा मिनबहादुर जिसी भुजेलको अध्यक्षतामा सात सदस्यीय आदिवासी जनजाति महासंघ समन्वय परिषद गठन भएको छ । पुस ९ गते गठित परिषदको उपाध्यक्षमा धनकाजी तमु, सचिव इश्वर तमु, कोषाध्यक्षमा लालशोभा तमु, सदस्यहरुमा धनबहादुर तमु र रुद्रबहादुर राना रहेका छन् ।

उक्त परिषद गठनसँगै आदिवासी\जनजाति शीर्षकमा गाविस एक लाख तीस हजार रुपैया वार्षिक बजेट छुट्याएको अध्यक्ष भुजेलले जानकारी दिए । जिसीको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ कास्की जिल्ला समन्वय परिषदका अध्यक्ष पानबहादुर घर्तीको विशेष उपस्थितीमा भएको परिषद गठन कार्यक्रममा भुजेल सेवा कास्कीका सचिव मनबहादुर भुजेल, पुर्व वडा अध्यक्ष डम्बरबहादुर तमु, इश्वरबहादुर तमु, गाविस सहायक सुस्मिता केसी लगायतले आदिवासी जनजाति समन्वय परिषदको गठनको आवश्यकता र कि्रयाशीलताको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %